पुरचौंडी नगरपालिकामा माओवादी विजयी

समाचारपाटि १८ असार – बैतडी : बैतडीको पुरचौडी नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रले जित दर्ता गरेको छ । जिल्लाका १० ओटा स्थानीय तहमध्ये एउटामा मात्रै माओवादी केन्द्र विजयी भएको हो । पुरचौंडी नगरपालिकाको मेयरमा माओवादी केन्द्रका रणबहादुर कुँवर विजयी हुनुभएको छ । कुवरले ४ हजार ४४६ मत ल्याउनुभयो भने उहाँका निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका दीपकबहादुर बमले ४ हजार १११ मत ल्याउनुभयो । सुरुमा नेपाली कांग्रेसले अग्रता लिएको भएपनि पुरचौंडी नगरपालिकामा अन्तिममा माओवादीले जित हासिल गरेको हो ।

यस्तै उपमेयरमा नेकपा माओवादी केन्द्रकै जानकी ऐर बम विजयी हुनुभएको छ । बमले ४ हजार ९८४ मत ल्याउनुभयो भने उहाँका निकटतम् प्रतिद्वन्दी नेकपा एमालेकी जानकी साउँदले ३ हजार ९८७ मत ल्याउनुभयो । उपमेयरमा विजयी जानकी बम माओवादी युद्धकालमा भूमीगत भएर युद्धमा समेत लाग्नुभएको थियो । पुरचौडी नगरपालिकालाई माओवादीको आधारक्षेत्रको रुपमा समेत लिइन्छ । पुरचौंडी नगरपालिकाको वडा नं ३,५ र ९ माओवादी केन्द्रले जितेको छ भने वडा नं १,२,७ र ८ मा नेपाली कांग्रेसले जितेको छ । यस्तै वडा नं ४,६ र १० मा एमालेले जितेको छ । यो संगै बैतडीका १० ओटै स्थानीय तहको मतपरिणाम सार्वजनिक भइसकेको छ । ३ नगरपालिका र ३ गाउँपालिका गरी ६ स्थानीय तहमा नेपाली कांग्रेसले जित हासिल गरेको छ भने ३ गाउँपालिकामा एमालेले जित हासिल गरेको छ । एक स्थानीय तहमा माओवादी केन्द्रले जित हासिल गरेको हो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।



प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित