बर्दियाको मधुवन नगरपालिकामा माओवादी विजयी

समाचारपाटि १८ असार – बर्दिया : बर्दियाको मधुवन नगरपालिकामा माओवादी केन्द्रले जित हासिल गरेको छ । नेकपा एमालेका दुर्गा वहादुर वलीलाई हराउँदै माओवादी केन्द्रका मेयर उम्मेदवार गणेश बहादुर क्षेत्रीले विजय हासिल गर्नु भएको हो ।

मधुवन नगरपालिकाको जितसागै माओवादी केन्द्रले बर्दियामा खाता खोलेको छ । मधुवन नगरपालिकाको मेयर पदमा क्षेत्रीले ८ हजार ४३१ मत प्राप्त गर्नुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्दी एमालेका दुर्गा वहादुर वलीले ५ हजार ९२३ मत प्राप्त गर्नुभएको थियो । त्यस्तै मधुवन नगरपालिकाको उपमेयरमा माओवादीकै शुभरानी थारु विजयी हुनुभएको छ । एकालेका उपमेयर हिराकुमारी चौधरीलाई हराउँदै ७ हजार ५२३ मत प्राप्त गरी विजय हुनुभएको हो । उहाँकी प्रतिद्वन्दीले ५ हजार ९४२ मत प्राप्त गर्नुभएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।



प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित