Home | About Us | Contact

आगामी पुसमा गायक वसन्त थकालीको एकल साँझ हुने

पोखरा, ३ साउन । पोखराका पुराना लोकप्रिय लोकदोहोरी गायक वसन्त थकाली वसन्त रुविना फाउन्डेसनको आयोजनामा पहिलो पटक एकल साँझमा झुल्किने भएका छन् ।

रत्न रेकर्डिङ संस्थानबाट प्रथम पटक रेकर्ड गरिएको गीत ‘घर त पोखरा, तिम्रो पो सबै छन् मेरो को छ र’ भन्ने गीतबाट आफ्नो सांगीतिक यात्रामा आफूलाई अगाडि बढाएका थकालीले उक्त एकल साँझमा आफ्ना करिब एक दर्जन गीत सुनाउने वसन्त रुविना फाउन्डेसनका अध्यक्ष कृष्ण सुवेदीले जानकारी दिए ।

उनका अनुसार आगामी पुस महिनामा पोखरामा थकालीका एकल साँझ आयोजना गर्न ५ सय १ सदस्यीय आयोजक समिति निर्माण गरिएको छ । कार्यक्रमबाट संकलित रकमले फाउन्डेसनमार्फत संगीत एकेडेमी सञ्चालन गरी यस क्षेत्रमा रुचि भएर पनि आर्थिक अभावका कारण अवसरबाट वञ्चित असहाय बालबालिकालाई सहयोग लक्ष्य राखिएको छ ।

एकल साँझमा थकालीको पहिलो गीत ‘घर त घर त पोखरा, तिम्रो पो सबै छन् मेरो को छर’ गीतसँगै सुनौली भन्सार, झल्को उही दिनको, कमल फूल फूल्यो हिलैमा, मलाई मेरो तलबले पुगेन, पहिले माया लाइएन अहिले खोज्दा पाइएन, गाउँघरको झिल्के म त, जोमसोम माथिको ठिनीको गाँउ, अँधेरीमा जुन तारा, बाँचुन्जेल जे छ हजुर लगायतका विभिन्न दोहोरी, रोइला तथा झ्याउरे गीत प्रस्तुत गरिने फाउन्डेसनका उपाध्यक्ष लोकदोहारी गायक जीवन दाहालले जानकारी दिए ।

पोखराको चर्चित सहारा क्लबका संस्थापक अध्यक्ष थकाली खेल विधाका साथै विभिन्न सामाजिक सघं संस्थामा क्रियाशील छन् । – समाधानबाट

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित