Home | About Us | Contact

हत्या आशंकामा आमा र बहिनी पक्राउ

पोखरा, ३ साउन । बाटुलेचौरका २० वर्षीय सोमबहादुर गायकको हत्या भएको आशंकामा उनकी आमा र बहिनीलाई कास्की प्रहरीले पक्राउ गरेको छ । घरमै मृतावस्थामा भेटिएका सोमको घाँटीमा नील डामदेखिएपछि वडा प्रहरी कार्यालय बगरले उनकी आमा लक्ष्मी र बहिनी मनीषालाई पक्राउ गरेको हो । घटना असार २९ गतेको हो । बिहान ८ बजे वडा प्रहरी कार्यालय बगरलाई सोमबहादुरको मृत्युको खबर आयो ।

news : samadhannews.com

प्रहरीको एक टोली घटनाको मुचुल्का उठाउन बाटुलेचौर पुग्यो । घर पुग्दा सोमकी आमाले मुचुल्का उठाउन पर्दैन कालगतिले मरेको हो भनिन् । ‘बेलुका मजाले रक्सी खाएर आएको थियो त्यही भएर होला’ भन्दै प्रहरीलाई मुचुल्का नउठाउन आग्रह गरिन् । प्रहरीले रेकर्ड गरेको भिडियोमै आमाले मुचुल्का गर्न पर्दैन भन्ने बयान दिन्छिन् भने हुन्छ भन्ने पक्षमा प्रहरी टोली पुग्यो । आमाको भिडियो लिएर प्रहरी फर्कने सुरमा थिए । घटनास्थलमै पुगेको टोली एकपटक सामान्य रुपमा भए पनि शव हेर्नु प¥यो भनेर अघि बढ्यो । तर परिवार मानिरहेको थिएन । एक प्रहरी शव हेर्नतिर लाग्यो । सोमले हाइनेक खाल्को स्विटर लगाएका थिए । प्रहरीले हाइनेकको चेन खोल्यो । प्रहरीले चेन के खोलेका थिए झस्याङ भए । सोमको घाँटीमा डोरीले बाँधेर बनाएको जस्तो नील डाम ठ्याकै देखियो । घाँटी नील डाम देखेपछि काल गतिले नभएको हुन सक्ने भन्दै प्रहरी टोलीका एकजनाले बगर प्रमुखलाई सम्पर्क गरे ।

बेलुका सुतेको भनिएको मान्छे बिहान घाँटीमा नील डाम भएको अवस्थमा फेला परेपछि सोमकी आमा लक्ष्मी र बहिनी मनीषालाई प्रहरीले पक्राउ गरी ल्याए । सोमको हत्या भएको हुनसक्ने एक छिमेकीले बताए । ‘बेलुका राम्रोसँग सुतेको मान्छे बिहान एक्कासि मर्नु अनि घाँटीमा नील डाम हुनु शंकाको विषय हो,’ उनले भने, ‘त्यसै माथि छोरो मृत्यु भएको बेला आमाले त्यति वास्ता गरिनन् । आफ्नो सन्तान मर्दा वास्ता नै नगरी बस्न मिल्छ खाएर घर पुगेको स्रोतको भनाइ छ । ‘रक्सी खाएर घर पुगेका थिए,’ स्रोतले भन्यो, ‘घरमा झगडा भएको आवाज पनि आएको थियो । अरु दिनजस्तै रक्सी खाएर सामान्य विवाद होला भनेर कसैले वास्ता गरेनन् । बिहान मात्र मृत्यु भएको खबर आयो ।’ आमा र बहिनीको अनुहारमा कुनै शोक नदेखेपछि धेरैले शंका गरे ।

‘छोराको वास्ता नगरी आमा काम गर्न जानु, घरमा आएका प्रहरीलाई विवरण नदिनु शंकाको आधार भयो,’ स्रोतले भन्यो, ‘त्यतिमात्र होइन घाँटीमा नील डाम र घर बाहिर तार भेटिनु अझै शंका उत्पन्न भयो ।’ घटनाबारे बुझ्न आमा लक्ष्मी र बहिनी मनीषालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्तासमेत रहेका डिएसपी खड् कबहादुर खत्रीले बताए । ‘मृत्यु भएको भन्ने खबर पाएपछि प्रहरीले टोली पुगेको हो,’ उनले भने, ‘के भएर मृत्यु भएको अझै खुलेको छैन ।’ पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पोस्टमार्टम गरिएको उनले बताए ।

‘अहिले नै हत्या हो या होइन भन्न मिल्दैन,’ उनले भने, ‘पोस्टमार्टम रिपोर्ट आएपछि बल्ल थाहा होला ।’ अर्जुन गिरीले समाधान राष्ट्रिय दैनिकमा यो समाचार लेखेका छन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित