Home | About Us | Contact

लमजुङमा मापसेको संख्या बढ्यो, राजस्व संकलन बढ्दो

लमजुङ, ३ साउन । लमजुङमा मापसे संख्या घटेपनि तर ट्राफिक कारवाहीबाट राजस्व संकलनमा दोव्बर वृद्धि भएको छ। जिल्ला ट्राफिक कार्यालयले गत आव २०७४को अवधिको रेकर्ड अनुसार सो जानकारी दिएको हो ।

सवारी कार्वाहीबाट मात्रै गत आर्थिक वर्ष ०७४ को साउन १ गतेदेखि असार मसान्तसम्ममा कुल ४६ लाख ९३ हजार पाँच सय रूपैयाँ राजस्व संकलन भएको ट्राफिक शाखाका प्रमुख असई रामअवतार चौधरीले बताए। उनका अनुसार सवारी चलाउँदा नियम उल्लघंन गर्नेबाट ट्राफिक प्रहरीले गत चालु आर्थिक वर्षको अवधिमा राजस्व संकलन गरेको हो।अघिल्लो आर्थिक वर्ष २०७२/७३ मा मादक पदार्थ सेवन गरी सवारी चलाउने संख्या तीन सय ३३ सवारी कार्वाहीमा परेका थिए।

गत आर्थिक वर्ष ०७४ मा त्यो संख्या घटेर जम्मा ४४ जनामा झरेको छ । गत वर्ष मादक पदार्थ सेवन गरी सवारी चलाउनेबाट मात्रै तीन लाख ३३ हजार राजस्व संकलन भएको थियो। यस वर्ष मापसेबाट ४३ हजार मात्रै राजस्व संकलन भएको छ।गत आर्थिक वर्षको तुलनामा यसवर्ष सवारी चेकजाँचबाट झण्डै दोब्बर राजस्व संकलन भएको कार्यालयको तथ्याड्ढमा उल्लेख छ । ट्राफिक नियम उल्लङ्घन गरेका सवारीलाई गरिएको कार्वाहीबाट अघिल्लो आर्थिक वर्ष २०७२/७३ मा २५ लाख १७ हजार चार सय रूपैयाँ राजस्व संकलन भएको चौधरीले बताए ।

अघिल्लो आर्थिक वर्ष २०७२/७३ मा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीको संख्या छ हजार दुई सय चार थियो । गत आवको असार मसान्तसम्मको अवधिमा कुल सात हजार चार सय १६ सवारी कार्वाहीमा परेका छन् । जिल्लामा सवारी नियम उल्लङ्घन गर्नेको संख्यामा वृद्धि भएपनि अघिल्लो बर्षको तुलनामा यस वर्ष सवारी दुर्घटनाको संख्यामा भने पनि कमी आएको प्रहरीले जनाएको छ ।

अघिल्लो वर्ष जिल्लामा साना ठूला गरी १२ सवारी दुर्घटनामा परेका थिए भने २३ जनाको मृत्यु भएको थियो। तर, गत आवमा साना ठूला गरी पाँच सवारी दुर्घटनामा परेको र चार जनाको मृत्यु भएको तथ्याड्ढले देखाएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित