Home | About Us | Contact

बेसीशहरको कर्पुरेश्वर मन्दिरमा बसाहा निर्माण

लमजुङ, ३ साउन । बेसीशहर नगरपालिका–८ को मस्र्याङदी नदी किनारस्थित कर्पुरेश्वर महादेव मन्दिरमा बसाहा निर्माण गरिएको छ ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका सोही वडा निवासी वृषबहादुर पौडेलले आफ्ना पिता रनध्वज पौडेल र माता लक्ष्मी पौडेलको सम्झनामा बसाहा र मन्दिर वरपर एक सय ८ वटा पाला निर्माण गरेका हुन् । उक्त निर्माण कार्यमा कुल ६४ हजार पाँच सय ९० रूपैयाँ खर्च भएको शीलालेखसमेत राखिएको छ ।

यस अघि बेसीशहरकै चनौटे निवासी अर्जुन राउतकी आमा लुकुकुमारी राउतले उक्त मन्दिरमा जडान गरिदिएको पाला चोरी भएको थियो । त्यसपछि मन्दिरमा दीप प्रज्ज्वलन गर्नका लागि आउने भक्तजनलाई भएको दुःख देखेर आफैले पाला निर्माण गरेको पौडेलले बताए ।

साथै, मन्दिर आसपासमा रहेको खाली जग्गालाई अहिले व्यवस्थित पार्क बनाइएको छ । विगतमा केही भूमाफियाले उक्त जग्गालाई निजी बनाउन खोजे तापनि पौडेलकै अग्रसरतामा सर्वोच्च अदालतसम्म पुगेर उक्त जग्गा सार्वजनिक नै कायम गरिएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित