Home | About Us | Contact

शिव मन्दिरमा यसरी गरियो गाईको हत्या

पोखरा, ३ साउन । पोखरा १७, महतगौडास्थित सदा शिव हरिहर मन्दिर परिसरमा गौ हत्या भएको छ । गोठमा बाँधीराखेको ३ वर्षको कोरली बाच्छी रातको समयमा आएको व्यक्तिले टाउकोमा ढुंगा प्रहार गरी हत्या गरेर भागेको मन्दिरका पुजारी ठाकुरप्रसाद आचार्यले बताए ।

file photo/source : india.com

‘पानी परिरहेको थियो, एक्कासी माहु गाई जोडले करायो’–उनले भने–‘बाहिर निस्किएर हेर्दा टाउकोमा गहिरो चोट लागेको कोरली गाइ छटपटाइराखेको थियो, हेर्दाहेर्दै म¥यो ।’ मन्दिर परिसरबाट गाई हत्यामा प्रयोग भएको ढुंगो, उक्त व्यक्तिको चप्पल र अन्य सामग्री समेत भेटिएको र आवश्यक अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ ।

गोठमा बाँधेको गाई हत्या गर्ने अभियुक्तलाई तत्काल पत्ता लगाई कडाभन्दा कडा कारबाही गर्न र धार्मिक क्षेत्रमा त्यस्ता क्रियाकलाप दोहोरिन नदिन सम्बन्धित निकायको ध्यानाकर्षण गराएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष ऋषिराम भण्डारीले जानकारी दिए ।

यसैगरी, पोखरा २४ स्थित शेराको जंगलमा गाई काटेको अभियोगमा स्थानीयवासी ५४ वर्षीय रामबहादुर नेपाली र ३६ वर्षीय कृष्ण नेपालीलाई प्रहरीले पक्राउ गरेको छ। जंगलमा गाई काटेको सुराकी आधारमा सो स्थानमा पुगेको प्रहरी टोलीले गाईको टाउको, खुट्टा र आलो मासुसहित पक्राउ गरी थप अनुसन्धान भइरहेको जनाएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित