Home | About Us | Contact

युवा पण्डित रामप्रसाद सिग्देलको उपयोगी कर्मकाण्डमाला बजारमा

समचास्रपाटी, पोखरा, २ साउन। पोखरा लेखनाथ महानगरपालिका वडा न. १३ निवासी युवा पण्डित रामप्रसाद सिग्देलले उपयोगी कर्मकाण्डमाला(पञ्चप्रकरणयुक्त) पुस्तक प्रकाशित गरेका छन्।

कर्मकाण्डसँग सम्वन्धी सवै विषयहरु समेटेर उनले सो पुस्तक प्रकाशित गरेका हुन्। पुस्तकमा कास्की जिल्लामा रहेका गुरुकुलको नाम र पुरोहितहरुको नामावली सहित सम्पर्क नम्बर पनि उल्लेख गरिएको छ। दुई सय ७५ पृष्ठको पुस्तकको मूल्य तीन सय ५१ रुपैया निर्धारण गरिएको छ।

पुस्तकमा पाँच प्रकरणहरु नित्यकर्म प्रकरण, पूजा अर्चना प्रकरण, कर्मकाण्ड प्रकरण, स्तुति प्रकरण र गुरुकुल तथा पुरोहित नामावली प्रकरण समावेश छन्।
मानव जिवनमा वैद्विक विधि अनुसार गरिने सम्पूर्ण कर्मकाण्ड एउटै पुस्तकमा समावेश गरिएको छ युवा पण्डित सिग्देलले भने –‘यो पहिलो प्रयास हो, सुझावका आधारमा दोस्रो स्कंरणमा परिमार्जित गरिनेछ।’ पुस्तकको सम्पादकमा बालकृष्ण पराजुली छन्।

नेपाल संस्कृत छात्र समिति पोखरा लेखनाथ महानगरपालिका वडा न. ९ ले पोखरामा बिहीबार आयोजना गरेको कार्यक्रममा मनोवैज्ञानिक डा शुशिल कँडेल, डा लेखनाथ आचार्य, संस्कृत विद्यापिठका प्राचार्य श्रीराम बराल र समाजसेवी ज्ञानेन्द्र सिग्देलले संयुक्त रुपमा पुस्तक विमोचन गरेका थिए।

पुस्तकको समीक्षागर्दै संस्कृत विद्यापिठका प्राचार्य डा. जगन्नाथ रेग्मीले एउटै पुस्तकमा धेरै विषय समेटिएकाले पुस्तक उपयोगी भएको उल्लेख गरे।
उनले पुस्तकले धर्म, संस्कृति, संस्कार र कर्मकाण्डमा टेवा पुर्याउँने विश्वास व्यक्त गरे।

आदर्श समाज दैनिकका कार्यकारी सम्पादक नवीन सिग्देलले धर्म र संस्कृतिको जगेर्ना गर्नु सवैको कर्तव्य भएको बताए।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित