Home | About Us | Contact

यी हुन् अपराधी छुटाउन डीएसपीलाई फोन गर्ने ‘नक्कली डीआईजी’ ! यसरी पक्राउ परे

काठमाडौं, १ साउन । ‘हेलो भाइ, म डीआईजी .. बोलेको ! ’ आफ्नो मोवाईलमा रजिष्टर नभएको नम्बरबाट यस्तो आवाज आएसँगै रामेछापका प्रहरी प्रमुख कुमोध ढुंगेलले ‘जय नेपाल’ को अभिवादन टक्र्याए ।

नेपाल प्रहरीको बहालवाल डिआईजीको नाम लिएर फोन गर्नेले डिएसपी ढुंगेललाई सार्वजनिक अपराध मुद्दामा अनुसन्धान भइरहेको उमाकुण्ड गाउँपालिका बस्ने दावा सोनाम शेर्पालाई छाडिदिन आदेश दिए । उनको आदेश डीएसपी ढुंगेलले सजिलै मानेनन्, बरु सार्वजनिक अपराधका मुद्दामा आफूले केही नियम बनाएको उल्लेख गर्दै केही दिन चाँडो मुद्दा बुझाइदिने बचन दिए ।

असार १७ र १८ गते लगातार एकजना डीआईजीको नाम लिएर फोन गरेपछि डिएसपी ढुंगेलले प्रहरी प्रधान कार्यालयमा फोन गरेर सम्वन्धित डिआईजीको नम्बर लिए । अनि ‘नक्कली डीआईजी’ बनेर फोन गर्नेलाई सोधे, ‘डीआईजी सा’व हजुरको नम्बर त अर्कै थियो हैन रु’

उताबाट उत्तर आयो, ‘मैले अर्को भाइको नम्बरबाट गरेको हुँ, दावा सोनामलाई छाडिदेउ है भाइ ! ’

त्यसपछि ढुंगेलले सक्कली डीआइजीलाई फोन गरेर सोधे, ‘फलानो नम्बरबाट तपाईले कल गर्नुभाको हो सर ? ’

‘डिआइजी सा’वले फोन गरेको कुरा झुटो भएको खुलेसँगै नक्कली डीआईजी बनेर फोन गर्ने मानबहादुर केसीलाई पक्राउ गरिएको छ’ डीएसपी ढुंगेलले भने, ‘पक्राउ गर्न जाँदा प्रहरी कर्मचारीलाई समेत हातपात गरेको हुनाले उनीबिरुद्ध सार्वजनिक अपराको मुद्दा दर्ता गरिएको छ ।’

खाँडादेवी गाउँपालिका–२ बस्दै आएका ५२ बर्षिय मानबहादुर केसीले ९८५१०३४५०९ नम्बरबाट डिएसपी ढुंगेललाई फोन गरेका थिए । उनलाई गत शुक्रवार प्रहरीले नियन्त्रणमा लिएर आइतबार सार्वजनिक गरेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित