Home | About Us | Contact

जनताका गीतमा यसरी गुन्जिए ‘रामेश’

समाचारपाटी, पोखरा,  १ साउन । जनताका गायकका रुपमा चर्चित गायक रामेश शनिबार पोखरामा गुन्जिनुभएको छ । सङ्गम सांस्कृतिक मन्च, नेपालले आयोजना गरेको सांस्कृतिक यात्राको पहिलो शृङ्खलामा रामेशसँगै झण्डै डेढ दर्जन कलाकारले जनवादी गीत प्रस्तुत गरेका थिए ।

उपस्थित सम्पूर्ण दर्शकलाई अध्यक्ष बनाएर सञ्चालन गरिएको कार्यक्रममा ७४ वर्षे गायक रामेशले गाउँ गाउँबाट उठ…, ओ जनता महान् लगायतका गीत गाउँदा दर्शक निकै उत्साहित भएका थिए । उहाँले जनताका लागि गीत गाउँदा राजनीतिक नेता र दलका लागि मात्र भएको तीतो अनुभव आफूसँग भएको बताउनुभयो ।

अब ती सबै हिसाबकिताब जनताले खोज्ने बताउँदै उहाँले नेपाली जनतालाई बलियो बनाएर जनतालाई नै देशको मालिक बनाउन यस्ता सांस्कृतिक अभियानहरु महत्वपूर्ण हुने बताउनुभयो । अब पार्टीका होइन जनताका कलाकार हुन उहाँले सबैलाई आग्रह गर्नुभयो ।

सञ्चारकर्मी रुपिन्द्र प्रभावीको सञ्चालनमा भएको कार्यक्रममा गायक पदमराज ढकाल, हरिदेवी कोइराला, मञ्चका अध्यक्ष काजी गाउँले, विकास लुङ्गेली, ओमविक्रम सङ्गीता सुनाम, डी. बी. वान्तवा, नारायण बाँस्तोलालगायतले जनवादी गायन प्रस्तुत गरेका थिए ।

जनवादी गायक, सङ्गीतकार, गीतकारको साझा संस्थाका रुपमा गठित मन्चले हरेक तीन महिनामा यात्रा सञ्चालन गर्ने अध्यक्ष काजी गाउँलेले जानकारी दिनुभयो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित