Home | About Us | Contact

पश्चिम क्षेत्रअन्तर्गत घटेका घटना तथा प्रहरी गतिविधिहरु

रुपन्देही : झुन्डी मृत अवस्थामा फेला

मिति २०७४।०४।०१ गते अन्दाजी १०:३०बजेको समयमा जिल्ला रुपन्देही रोहिणि गाँउपालिका १ कुस्मि भन्ने स्थानमा सोहि स्थान स्थित बस्ने वर्ष ६२ को टुहर कुर्मी बिहान ०८:३० बजे खाना खाई निस्केकोमा घर नजिकै रहेको जङगलमा सिर्साको रुखमा प्लाष्टिकको डोरिको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको भन्ने खबर प्राप्त हुनासाथ तत्काल ईलाका प्रहरी कार्यालय बेलहियाबाट प्रहरी टोली खटिगई घटनाका विषषयमा थप अनुसन्धान  भईरहेको छ ।

 

स्याङजा : विषादी सेवन गरेको

मिती २०७४।०४।०१ गते अन्दाजी०५:३०बजेको समयमा स्याङजा जिल्ला चापाकोट नगरपालिका ५ हर्पाल बस्ने तुल वहादुर थापाको श्रीमती वर्ष ४८ कि बुद्धि कुमारी थापाले आफ्नै कौठामा मेटासिट सेवन गरी मृत अवस्थामा रहेको भन्ने खबर प्राप्त हुनासाथ तत्काल प्रहरी टोली खटिगई घटनाको विषयमा थप अनुससन्धान भईरहेको छ।

 

रुपन्देही : विध्यार्थि झुन्डी मृत अवस्थामा फेला

मिति २०७४।०४।०१ गते अन्दाजी ०९:३० बजेको समयमा जिल्ला रुपन्देही सिद्दार्थनगर नगरपालिका ८ स्थित रहेको मेडिकल कलेज भैरहवाको छात्राबासमा जिल्ला काठमाण्डौं ३ थान ६ नैकाप घर भइ हाल युनिभर्सल मेडिकल कलेज भैरहवामा BSC नर्सिङ चौथो ब्याजमा अध्ययनरत वर्ष २३ कि बिमला तिमिल्सेना छात्राबासको आफु सुत्ने कोठाको पंखामा सलको पासो लगाई कलेज ड्रेसमा नै झुण्डी मृत अवस्थामा रहेको भन्ने खबर प्राप्त हुनासाथ तत्काल प्रहरी टोली खटिगई घटनाका विषयमा थप अनुसन्धान भईरहेको छ ।

 

भैरहवा : सवारी दुर्घटनामा घाईते

मिति २०७४।०४।०१ गते अन्दाजी १०:४५ बजेको समयमा जिल्ला रुपन्देही सिद्दार्थनगर नगरपालिका ८ लुम्बिनी सडक खण्डमा लुम्बिनीबाट भैरहवा तर्फ आउदै गरेको लु.१च.७५१५ नं.को बलेरो जिपले लु.३ प. ३८८७ नं.को मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईलल चालक सिद्दार्थनगर नगरपालिका ४ बस्ने वर्ष ३५ को बिरेन्द्र बानिया घाईते भई उपचारको लागि सिटि हस्पिटल भैरहवा पठाईएको भनि खबर प्राप्त हुनासाथ तत्काल प्रहरी टोली खटिगई ठक्कर दिने चालक र जिपलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।

 

तनहुँ : सवारी दुर्घटना

मिति २०७४।०४।०१ गते १५:१० बजे जिल्ला तनहुँ शुक्लागण्डकी नगरपालिका ५ झरौटा स्थित पृथ्वीराजमार्गमा दमौली बाट पोखरा तर्फ जादै गरेको ग१य ५५७ नम्वरको टुरिष्ट माइक्रोबसले पैदल यात्री सोहि स्थानका वर्ष ६८ को भक्त बहदुर शाहीलाई ठक्कर दिदा घाइते भई उपचारको लागि जिपि मेमोरियल उपचार केन्द्र बेलचौतारा ल्याइएको भन्ने खबर प्राप्त हुनासाथ तत्काल प्रहरी टोली खटिगई चालक र बसलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।

 

रुपन्देही : झुन्डी मृत अवस्थमा फेला

मिति २०७४।०४।०१ गते अन्दाजी १४:३० बजेको समयमा जिल्ला रुपन्देही तिलोतमा नगरपालिका ११ भुपु सैनिक टोल बस्ने बर्ष ६५ की चन्द्र कला थापा आफ्नै घर नजिक खन्युको रुखमा पलाष्टिको डोरीको पासो लगाई झुन्डी मृत अवस्थामा रहेको भन्ने खबर प्राप्त हुनासाथ तत्काल घटनास्थलमा SOCO सहितको प्रहरी टोली खटिगई थप अनुसन्धान भईरहेको छ ।

 

नवलपरासी : सवारी दुर्घटना

मिति २०७४।०४।०१ गते अन्दाजी १४:०० बजेको समयमा जिल्ला नवलपरासी बर्दघाट नगरपालिका -९ भुताहा चोक स्थित महेन्द्र राजमार्गमा पश्चिमबाट पुर्व तर्फ आउदै गरेको लु १३ प ८६७० न.को मोटरसाईकल र विपरित दिशाबाट जादै गरेको लु २० प ५७३२ नं.को मोटरसाईकल एक-आपसमा ठोक्कीएर दुर्घटना हुँदा दुवै मोटरसाईकलमा सवार गरी ३ जना घाईते भएको भनी खबर प्राप्त हुनासाथ घटनास्थलमा प्रहरी टोली खटिगई घाईतेहरुलाई उपचारको लागी भरतपुर तर्फ पठाई दुवै मोटरसाईकललाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको  छ ।

 

रुपन्देही : विध्यार्थि भर्नाको विषयमा झडप

मिति २०७४।०४।०१ गते अन्दाजी १६:०० बजेको समयमा जिल्ला रुपन्देही सिद्दार्थनगर नगरपालिका १ पकलीहवा स्थित कृषी क्याम्पसमा नया भर्ना खुलेकोमा भर्ना बिषयलाई लिएर एमाले र क्रान्तिकारी सर्मथक विध्यार्थि बिच झडप हुदा १ जना प्रहरी जवान सहित केही बिधार्थीहरु घाईते भई उपचारको लागि मडिकल कलेज भैरहवा पठाई घटनास्थलमा प्रहरी निरीक्षक सहितको प्रहरी टोली खटिगई थप अनुसन्धान भईरहेको छ ।

 

तनहुँ : महिलाको लास फेला

मिति २०७४।०४।०१ गते अन्दाजी १२:४० बजे जिल्ला तनहुँ घिरिङ गाउँपालीका ४ डुम्रेस्वारामा सोहि स्थानकी अन्दाजी बर्ष ५४ कि कालीमाया रानाभाट मृत अवस्थामा फेला परेको भन्ने खबर प्राप्त हुनासाथ तत्काल प्रहरी टोली खटिगई अनुसन्धान गर्दा उक्त घटनामा संलग्न रहेको आशंकामा एक जनालई पक्राउ गरी घटनाका विषयमा थप अनुसन्धान भईरहेको छ ।

 

कास्की : गाई काटेर खाने २ जना पक्राउ

मिति २०७४।०४।०१ गते अन्दाजी १४:०० बजेको समयमा जिल्ला कास्की पोखरा लेखनाथ महानगरपालिका-२४ स्थित सेरा गाउँको जङगलमा गाई काटि रहेका छन् भन्ने खबर प्राप्त हुनासाथ तत्काल प्रहरी टोली खटिगई उक्त स्थानमा अनुसन्धान गर्दा गाईको टाउको र खुट्टा मात्रै फेला परी उक्त स्थान वरपरका घरहरुमा खोज तलाश गर्दा पोखरा लेखनाथ महानगरपालिका -२४ स्थित सेरा गाउँका ५४ वर्षिय राम बहादुर नेपाली र  ३६ वर्षिय कृष्ण नेपालीलाई उनिहरुको घरमा फेला परेको आलो मासु सहित पक्राउ गरी थप अनुसन्धान भईरहेको छ ।

 

 

 

प्रहरी निरीक्षक

(जगतबन्धु पोखरेल)

 

 

 

 

 

मिति : २०७४\०४\१गते                                                                  

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित