Home | About Us | Contact

चितवनको अनाथ आश्रमलाई सच्चाईको सत्संग लामाचौर १९ को सहयोग

समाचारपाटी, पोखरा, ३० असार । सच्चाईको सत्संग लामाचौर १९ ले चितवन जिल्लाको भरतपुर महानगरपालिका–१२ मिलनचोकमा रहेको सगरमाथा बालबालिका सहयोग संरक्षण समाज ( अनाथ आश्रम) लाई सहयोग गरेको छ ।

पोखराबाट गएको संस्थाको एक टोलिले सगरमाथा अनाथ आश्रमलार्ई स्टेशनरी सामान तथा ५० हजार नगद सहयोग गरेको हो । सगरमाथा अनाथ आश्रममा रहेका ९ जना बालिका तथा अन्य ६ जना गरी १५ जनालाई खाना समेत खुवाएको सत्संगका अध्यक्ष ज्ञानु पाख्रीनले जानकारी दिनुभयो ।

पोखरा देखि पुगेर सत्संगले सहयोग गरेपछि संरक्षण समाजका ( अनाथ आश्रम) बालबालिका सहित अध्यक्ष जेवी लामाले खुसी व्यक्त गर्नुभयो । अनाथ आश्रमका अध्यक्ष लामाको आग्रहमा नै संत्सग परीवारले सहयोग गरेको सत्संगका व्यस्थापक सञ्जय पाख्रीनले जानकारी दिनुभयो ।

सच्चाईको सत्संग लामाचौर १९ ले विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ । सत्संग परीवारले रक्तदान, विभिन्न ठाउमा आर्थिक सहयोग जस्ता कार्य गर्दै आएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित