Home | About Us | Contact

एन आई सी एशिया बैंकद्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न

समाचारपाटी, लेखनाथ, १ साउन । एन आई सी एशिया बैंकको लेखनाथ शाखा ले पोखरा विश्वबिद्यालयको परिसरमा वृक्षारोपण गरेर आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत हरियाली अभियानद्वारा वातावरणीय सन्तुलनमा योगदान पुर्याएको छ ।

एन आई सी एशिया बैंकले देशभरी रहेका आफ्ना शाखा कार्यालयहरुको पहलमा देशका विभिन्न स्कुल, अस्पताल, सरकारी कार्यालय परिसर, उद्यान, खेलकुद मैदान आदि जस्ता स्थानहरुमा वृक्षारोपण एवं सो को यथोचित संरक्षणका लागि उपयुक्त स्थान छनौट गरि सम्बन्धित संस्था वा समुदायको सहकार्यमा वृक्षारोपण गर्ने गरिरहेको छ ।

बैंकले विगत देखी नै आफ्नो विभिन्न शाखा कार्यालयहरुको माध्यमबाट विभिन्न स्थानमा वृक्षरोपण कार्यहरु सम्पन्न गरीसकेको छ, साथै भविष्यमा यस्ता पवित्र कार्यहरुलाई निरन्तर्ता दिने अठोट लिएर अघि बढीरहेको छ । यस्तो वृक्षारोपणबाट बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व मार्फत वातावरणीय सन्तुलन र हरियाली कायम गर्न योगदान पुर्याउने विश्वास लिएको छ ।

संस्थाले आज करिब ६०० विरुवा वृक्षारोपण गरेको हो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित