Home | About Us | Contact

ढुङगेसाँघु गाउँको चिनारी गित साथै डकुमेन्ट्री बिमोचन सम्पन्न

बेल गुरुङ,पोखरा,१ साउन । सुन्दर पर्यटकिय नगरी पोखरा लेखनाथ महानगरपालिका वडा १५ र १७ मा अवस्थित एतिहासिक ठाउँ ढुङगेसाँघुको चिनारी गितका साथै डकुमेन्ट्री आज एक कार्यक्रमका बिच बिमोचन गरिएको छ । त्यहाँका एतिहासिक पुल ढुङगेसाघुँ र धार्मिक एवम पर्यटकिय स्थलहरुलाई प्रबर्धन गर्ने उदेश्यले सो गितका साथै डकुमेन्ट्री निर्माण गरिएको हो ।

क्षेत्रीय पर्यटन वोर्ड कास्कीका प्रमुख सुर्य थपलियाको प्रमुख अतिथ्यामा भएको कार्यक्रमको उद्घघाटन प्रमुख अतिथी थपलिया,विशेष अतिथी पण्डित कमल नयन गौतम र वडा न १५ का वडाध्यक्ष प्रकाश पौडेलले सिडीको कबर खोलेर गर्नुभएको थियो ।

प्रमुख अतिथी थपलियाले ओझेलमा परेका सुन्दर पर्यटकिय सम्भावना बोकेका ठाउँहरुलाई चिनारी गित संगित साथै डकुमेन्ट्रीबाट प्रकाशमा ल्याउने प्रयास गर्नु अत्यन्तै राम्रो कार्य रहेको बताउनु भयो ।बिमोचन कार्यक्रममा विशेष अतिथी पण्डित कमलनयन गौतम,अतिथीहरु वडा न १५ का वडाध्यक्ष प्रकाश पौडेल,वडा सदस्य तोरण बानिया,वडा १७ का वडा सदस्य वैकुण्ठ भण्डारी लगायतले बोल्नु भएको थियो । “हाम्रो गाउँ ढुङगेसाँघु” बोलको गितको परिकल्पना शब्द संगित र निर्देशन मदन गिरिको रहेको छ भने स्वर मालती गुरुङको रहेको छ ।

ढुङगेसाँघु पर्यटन स्थल संरक्षण समितीका अध्यक्ष नरेन्द्र गिरीको सभापतित्वमा भएको कार्यक्रममा स्वागत स्थानिय सितापुरी युवा क्लबका अध्यक्ष शंकर भण्डारीले गर्नु भएको थियो भने संन्चालन पर्यटन स्थल समितीका सचिव रघुनाथ भण्डारीले गर्नुभएको थियो ।स्थानिय जानकी अधारभुत विद्यालय महतगौँडामा भएको बिमोचन कार्यक्रममा स्थानिय वासीहरुको बाक्लो उपस्थिती रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित