Home | About Us | Contact

१५ औं आहा ! रारा गोल्डकपबाट २७ लाख बढी वचत

समाचारपाटी, पोखरा, ३१ असार । मोसफलको चर्चित फुटबल प्रतियोगिता १५ औं आहा ! रारा गोल्डकपबाट सहारा क्लब पोखराले २७ लाख ७८ हजार १ सय ९१ रुपैयाँ वचत गर्न सफल भएकोछ । गत माघ ४ गते देखि १५ गतेसम्म सञ्चालित पन्ध्रौं संस्करणमा आइपुग्दा क्लबले उक्त रकम वचत गर्न सफल भएको हो ।

क्लबले पोखरामा शनिबार पत्रकार सम्मेलन गरि ९७ लाख १० हजार ७ सय ६५ रुपैयाँ आम्दानी गरेको जनाएको छ भने ६९ लाख ३२ हजार ५ सय ७४ रुपैयाँ खर्च भएको उल्लेख गरेको छ । क्लबले मुख्य प्रायोजक मार्फत ११ लाख, उप प्रायोजक माईक्रो म्याक्स मोबाईलबाट २ लाख ९७ हजार ५ सय, उप प्रायोजक गोर्खा बु्रहरी नेपाल प्रा ली बाछ २ लाख ५५ हजार, पृथ्वीराजमार्ग बस सञ्चालक समितिबाट १ लाख ५० हजार, नोभा दुधबाट १ लाख ६० हजार, राष्ट्रिय खेलकुद परिषदबाट २ लाख, पोखरा उपमहानगरपालिकाबाट ९८ हजार ५ सय, ईको पानी ७० हजार, नेपाल टेलिकमबाट ४४ हजार २ सय ४७ रुपैयाँ, सहयोग स्वरुप प्राप्त भएको थियो ।

साथै यस प्रतियोगितामा सहारा क्लब अष्ट्रेलियाबाट २ लाख ५१ हजार, सोसाईटि डेभ्लभमेन्ट बैंकबाट १ लाख २७ हजार ५ सय, कोकाकोलाबाट ५० हजार, दिपक गुरुङ (माईला) बाट १ लाख, देव गुरुङबाट ५१ हजार १ सय ५१ सहयोग प्राप्त भएको थियो ।

एघार दिनसम्मको गेट टिकटबाट ३९ लाख २ हजार ३ सय ७० रुपियाँ र सिजनल टिकटबाट १ लाख ६८ हजार र व्यानर विज्ञापनबाट २२ लाख ६ हजार ५५ रुपयाँ आम्दानी भएको क्लबले जनाएको छ । यसैगरी क्लबले प्रतियोगितामा ग्राउण्ड स्टेच प्याराफिट व्यवस्थापन खर्च व्यवस्थापन तर्फ ५ लाख ६० हजार ५ सय ७० रुपियाँ, खेलाडी प्रोत्शाहन खर्च ८ लाख ५२ हजार १ रुपियाँ, खेलाडी दैनिक भम्रण भत्ता २४ लाख २६ हजार ९ सय ६१ रुपियाँ खर्च, रेफ्री तर्फ ४ लाख ७ हजार ९ सय ७५ रुपयाँ, आयोजक टिम तयारी खर्च ६ लाख ८३ हजार १ सय २, संचालन तथा व्यवस्थापन खर्चमा ६ लाख ६७ हजार ३ सय १० रुपैयाँ खर्च भएको शनिबार आयोजित आय व्यय सार्वजनिक समारोहमा प्रतियोगिताका अर्थ संकलन समिति संयोजक एवं क्लबका सल्लाहकार टिका बहादुर कार्कीले जानकारी दिनुभयो ।

वचत रकम क्लबले सहारा एकेडेमी दोविल्ला सञ्चालनार्थ खर्च गरिने छ । हाल सहारा एकेडेमी दोविल्लामा २८ जना बालकहरु रहेको छन् । पन्ध्रौं संस्करणको उपाधि मनाङ्घ मस्र्याङ्घदी क्लबले सहारा क्लब पोखरा लाई पराजित गर्दै जितेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित