Home | About Us | Contact

आजको राशिफल २०७४ असार ३१ गते शनिबार, Today’s Horoscope, July 15(भिडियो)

आजको राशिफल
बि.स.२०७४ आषाड ३१ गते । शनिबार । ईश्वी सन् २०१७ जुलाई १५ तारिख । नेपाल सम्बत् १९३७ । साधारण संवत्सर । उत्तरयण । ग्रीष्म ऋतु । श्रीशाके १९३९ । श्रावण कृष्ण पक्ष । तिथि षष्ठी,१४ घडी १२ पला, बिहान १० बजेर ५९ मिनेट उप्रान्त सप्तमी । नक्षत्र उत्तराभाद्रपदा ४१ घडी ५९ पला, बेलुका १० बजेर ०६ मिनेट उप्रान्त रेवती । चन्द्रराशि मिन । पञ्चक । आषाड मसान्त ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) अवसरको खोजिको लागि दौडधुप हुँने भएपनि समयमा काम नबन्नाले अरुभन्दा पछि परिनेछ । माया प्रेम गर्ने समय नरहेकोले टाडै रहनुहोला । आफ्नो हातमा आउँनै लागेको काम अरुतिर जानाले अर्थ अभाव हुँनेछ । लामो दुरिको बैदेशिक यात्राको तय हुँनेछ भने बिदेशि सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । अनाबस्यक खर्च तथा दैनिक खर्च बढेर जानेछ । न्यून पारिश्रमिकमा दिनभर समय ब्यातित गर्नुपर्दा अन्य काममा समय दिन सकिने छैन । अल्छि गर्नेबानिले कामहरु बिग्रन सक्छ । स्वास्थ्य सम्बन्धि सामान्य समस्या देखापर्न सक्ने तथा उपचार खर्च बढ्ने योग रहेको छ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) आफ्नो क्षमता प्रयोग गरि असहज परिस्थितिलाई सहज बनाउँन सकिनेछ भने व्यापार व्यावसायमा लगानि गरि आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ । सरकारि धन तथा पैत्रिक धन सम्पति हात लागि हुँने सम्भावना रहेको छ । चाहेको तथा आटेको काम सम्पादन हुँने हुँदा मनग्गे धन आर्जन गर्न सकिनेछ । दाजुभाई तथा आफन्तबाट भने जस्तो सहयोग हुँने हुँदा ईच्चा आकांक्षा तथा मनोकामना पुरा हुने समय रहेको छ । अध्ययन अध्यापनमा सुधार गर्दै अरुभन्दा अगाडि बढ्न सकिनेछ । आफ्नै बलबुताले सवारि साधन तथा अन्य सम्पतिहरु जोड्न सकिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) साथिभाई तथा आफन्तबाट बिश्वासघात तथा धोका हुँनेछ भने स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ ध्यान दिनुहोला । सरकारि पद धारण गर्नेहरुले निश्पक्ष काम गर्नुहोला नियम बिपरित काम गर्दा राज्य पक्षबाट अनाबस्यक झै झमेला तथा दण्ढ जरिवाना हुँने ग्रहयोग रहेकोछ । मान सम्मान तथा प्रतिष्ठामा कमिमो महशुस हुँनेछ । पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिने सम्भावना रहेको छ । व्यापार व्यावसायमा समय दिएपनि आम्दानि गर्न मुस्किल पर्नेछ भने लगानि फस्ने ग्रहयोग रहेकोछ सचेत रहनुहोला ।

कर्कट (ही, हू ,हे, हो, डा, डी, डु, डे, डो) धार्मिक प्रतिष्ठान तथा मन्दिरतिरको यात्रा गरि टिका तथा प्रसाद ग्रहण गर्ने अवसर जुर्नेछ । साथिभाई तथा आफन्तको सहयोगमा नयाँ योजना बनाई कार्यान्वयनको चरणमा लान सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा राम्रो प्रगति हुँने योग रहेकोछ । लामो दुरिको शैक्षिक तथा धार्मिक यात्राको प्रवला सम्भावना रहेकोछ । भाग्यले साथ दिने हुँदा थोरै लगानिबाट पनि प्रशस्त रुपैया पैसा कमाउँन सकिने तथा आर्थिक रुपमा सबल हुँने ग्रहयोग रहेकोछ । प्रशासनिक क्षेत्रमा तपाईको बर्चश्व रहनेछ भने सामाजिक उत्तरदायित्व बहन गर्ने समय रहेकोछ ।
सिहं (मा, मी, मू ,मे,मो, टा, टी, टू ,टे) खानपिन तथा सरसफाईमा ख्याल गर्नुहोला सामान्य स्वास्थमा समस्या आई उपचार खर्च बढेर जानेछ । पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिने चिन्ताले सताउँनेछ । सवारि साधनको प्रयोग गर्दा वा चलाउँदा ध्यान दिनुहोला अप्रिय घटना नघट्ला भन्न सकिन्न । दिनभर व्यास्त भएपनि न्यून पारिश्रमिकमा चित्त बुझाउँनु पर्दा मन खिन्न हुँनेछ । व्यापार व्यावसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेको छ भने आम्दानिका स्रोतहरु साघुरिनेछन् । माया प्रेममा धोका हुनेछ भने पति दाम्पत्य जीवनमा घटपट आउँनेछ ।

कन्या (टो,पा,पी,पू ,ष,ण,ठ,पे,पो) दाम्पत्य जीवनमा एक अर्कालाई सहयोग गर्दै अगि बढ्न सकिनेछ भने माया प्रेम गर्नेहरुले आफ्नो मन परेको मान्छेसँग बसेर समय ब्यातित गर्दा खुसि भएको महशुस गर्नेछन् । राज्यपक्षबाट पद पाईने ग्रहयोग रहेकोछ भने समाजको पक्षमा काम गर्न सक्दा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । अध्ययन अध्यापनमा अरुलाई पछि पार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । स्वास्थ्य आफ्नै काबुमा रहने हुँनाले नयाँ नयाँ काम गर्ने जोस जागर बढेर आउँनेछ । व्यापार व्यावसायबाट मनग्गे नाफा कमाउँन सकिनेछ भने लामो दुरिको यात्राको तय गर्न सकिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते¬) अदालतबाट हुँने निर्णयहरु तपाईको पक्षमा नहुँने हुँदा आजको दिन बादबिवाद तथा यस्तै समारोहमा भाग नलिनुहोला । समयको गति सँगै बढ्न नसक्दा वा समयको ख्याल नगर्दा प्रतिश्पर्धामा अरुभन्दा पछि परिनेछ । तयारि बिनानै महत्वपुर्ण काम शुरु गर्दा बिग्रने छ ध्यान दिनु उचित होला । खराब संगत तथा गलत सल्लाहले हुँन लागेको काम पनि अरुकै हातमा जानेछ । दाम्पत्य जीवनमा सामान्य घटपट आउँनेछ भने माया प्रेममा धोका हुन सक्छ । स्वादिष्ट भोजन खाने अवसर आएपनि खानपानमा ध्यान नदिदा स्वास्थ्य सम्बन्धि समस्या आउनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) माया प्रेममा सामिप्यता बढेर जानेछ भने परिवार तथा आत्मिय मित्रमा साथ रमाईलो यात्रा हुँनेछ । सबैको सहयोग पाईने हुँनाले काम गर्न जोस जागर आउँनेछ । सामाजिक काममा दिन बित्ने हुँदा मन प्रशन्न रहनेछ भने सबैले तपाईको क्षमताको कदर गर्नेछन् । आकस्मिक धन तथा सम्पति लाभ हुने योग रहेको छ भने आफुले मन पराएको मानिसबाट उपाहार प्राप्त हुँने हुँनाले मन प्रशन्न रहनेछ । व्यापार व्यावसायमा लगानि गरि सोचेजस्तो आम्दानि गर्न सकिनेछ । पढाई लेखाई अन्य दिन भन्दा सुधार हुने हुँनाले आफन्त हरु खुसि हुनेछन् ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) समाजिक काममा समय दिनु पर्नेछ भने तपाईको काम देखि सबै खुसि हुनेछन् । राजनिति तथा समाजसेवामा समय लगानि गर्नेहरुले सर्बसाधारण सँग सन्तुतिल व्यबहार गर्नुहोला काम बिग्रने हुँदा मान सम्मानमा कमि हुँनेछ । सवारि साधनको व्यापार व्यावसाय सुरु गर्दा भनेजस्तो नाफा कमाउन सकिनेछ । अध्ययन तथा अध्यापनमा सफलता प्राप्त गर्न अलि बढिनै मेहनेत गर्नु पर्नेछ । आमा तथा आफन्तबाट भनेजस्तो सल्लाह तथा सुझाब पाईने हुँनाले सुधारात्मक काम गर्न सहयोग हुँनेछ । कृषि तथा पशुपालन व्यावसायबाट राम्रो आम्दानि हुँनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी¬) दाजुभाई तथा छिमेकिसँग काम गर्दा ध्यान दिनुहोला अनाबस्यक बिवाद हुँनसक्छ । अन्य काममा समय दिनुपर्दा पढाई लेखाईमा अरुभन्दा पछि परिने चिन्ताले सताउनेछ भने प्रेममा धोका हुँन सकछ सचेत रहनुहोला । स्वास्थ्यमा कमजोरि देखिनेहुँदा दैनिक कामकाजमा समस्या पैदा हुन सक्छ ध्यान दिनुहोला । दुखद समाचारले दुखि बनाउँनेछ । व्यापार व्यावसायमा नाफा कमाउँन निकै समय खर्चनु पर्नेछ । बिवादित बिषयहरुको आजको दिन उठान नगर्नुहोला त्यस्ता बिषयहरु किनारा लाग्ने छैनन् । न्यायलयसँग सम्बन्धित कामहरु आजको दिन नगर्नुनै राम्रो रहनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) पढाई लेखाईमा सुधार आई अरुभन्दा अग्र पंत्तिमा तपाईको नाम आउँनेछ । व्यापार फस्टाएर जाने हुँनाले दैनिकी फेरिनेछ भने छोटो तथा रमाईलो यात्राको तय हुँनेछ । परिवार तथा आफन्तका साथ मिष्टान्न भोजन ग्रहण गर्ने समय मिल्नेछ । तर्कशक्ति तथा बोलिको प्रभाव बढ्ने हुँदा बोलिकै भरमा कामहरु बन्नेछन् । रोकिएर बसेका कामहरु बन्नेछन् भने नयाँ काम गरि भनेजस्तो कमाई गर्न सकिनेछ । माया प्रेममा सामिप्यता बढ्ने तथा घर परिमा पति पत्निबिच मायाको डोरो कसिलो भएर जानेछ । कुटुम्ब तथा आफन्त सँगको सुमधुर सम्बन्धले कामहरु गर्न सहज हुँनेछ ।

मीन (दी दू थ झ ञ दे दो चा ची) अल्छि गर्नेबानिले कामहरु बिग्रन सक्छ । पढाई लेखाईमा समय दिन नसक्दा अरु भन्दा पछि परिनेछ । माया प्रेममा नचाहादा नचाहादै टाडिनु पर्दा मन मुटुमा जलन पैदा हुँनेछ । अबिश्वास तथा अन्धबिश्वासले मनमा गतिलो डेरा जमाउँने हुँदा काम गर्ने जोस जागर हराएर जानेछ । अरुलाई दिएको आश्वासन पुरा नसकिने तथा सामाजिक कामहरु समयमा सम्पन्न नहुँदा मान सम्मानमा दाग लाग्न सक्छ सजक रहनुहोला । अनाबस्यक खर्च तथा दैनिक खर्च बढेर जानेछ भने थोरै पारिश्रमिकमा दिनभर समय ब्यातित गर्नुपर्दा मन खिन्न हुँनेछ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित