Home | About Us | Contact

आजको राशिफल २०७४ असार ३० गते शुक्रबार, Today’s Horoscope, July 14

बि.स.२०७४ आषाड ३० गते । शुक्रबार । ईश्वी सन् २०१७ जुलाई १४ तारिख । नेपाल सम्बत् १९३७ । साधारण संवत्सर । उत्तरयण । ग्रीष्म ऋतु । श्रीशाके १९३९ । श्रावण कृष्ण पक्ष । तिथि पञ्चमी ,१६ घडी २७ पला, बिहान ११ बजेर ५३ मिनेट उप्रान्त षष्ठी । नक्षत्र पूर्वाभाद्रपदा ४२ घडी ५१ पला, बेलुका १० बजेर २७ मिनेट उप्रान्त उत्तराभाद्रपदा ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्यापार व्यावसायमा लगानि गरि आम्दानिका स्रोतहरु फराकिला बनाउँन सकिनेछ । पढाई लेखाईमा सुधार हुँने हुनाले अरु भन्दा अगाडि बढ्न सकिनेछ । तपाईले सुरु गरेका काममो धेरैले प्रशंसा गर्नेछन् भने ईच्चा आकांक्षा तथा मनोकामना पुरा हुँने समय रहेको छ । सरकारि धन तथा पैत्रिक सम्पति परिचालन गरि रोजगारिका अवसर सिर्जना गर्न सकिने तथा मनग्गे धन सम्पति कमाउँन सकिनेछ । दाजुभाई तथा आफन्तबाट भनेजस्तो सहयोग पाईने हुँनाले मन प्रशन्न हुँनेछ । बेलुकि पख लामो दुरिको बिदेश यात्राको प्रशस्त सम्भावना रहेकोछ भने सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँने ग्रहयोग रहेकोछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) सत्रु तथा प्रतिश्पर्धिहरु परास्त हुँनेछन् भने बिद्या तथा प्रतिश्पर्धामा तपाईकै नाम अग्र स्थानमा आउँनेछ । माया प्रेममा सामिप्यता बढेर जाने तथा परिवारजनको सहयोगले परिणामुखि काम गर्न सकिनेछ । नयाँ नयाँ कामको प्रस्ताब आउँनेछ भने नोकरिमा पदोन्नति हुँने ग्रहयोग रहेकोछ । बिभिन्न ठाउँबाट कामका प्रस्तावहरु आउँनेछन् भने प्रसस्त रुपैया पैसा कमाउँने योग रहेको छ । बेलुकिपख व्यापार व्यावसायमा लगानि गरि भने जस्तो नाँफा कमाउँन सकिनेछ । समयमा सामाजिक कामहरु बन्ने हुँनाले छोटो समयमा नाम तथा दाम कमाउँन सकिने हुँदा घर परिवारमा खुसियालि छाउँनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) समय तपाईकै पक्षमा हुँनाले व्यापार व्यावसायमा लगानि गरि मनग्गे लाभ लिन सकिनेछ । धार्मिक प्रतिष्ठान तथा मन्दिर तिरको यात्राको तय गर्न सकिनेछ । परिवारजनको सहयोगले नयाँ योजनाहरु अगाडि बढाउँन सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा अलि बढि समय खर्चिय सकारात्मक नतिजा हात लाग्नेछ भने अध्यानमा प्रगति भएर जानेछ । लामो दुरिको शैक्षिक तथा धार्मिक यात्राको तय गर्न सकिनेछ । बेलुकिपख सरकारि तथा प्रशासनिक काममा कमजोर उपश्थिति रहनेछ भने सरकारि ओहोदामा रहेकाहरुले समयमा काम गर्नेहरुले महत्वपुर्ण अवसरहरु गुम्नेछन् ।

कर्कट (ही, हू ,हे, हो, डा, डी, डु, डे, डो) व्यापार व्यावसायमा भनेजस्तो आम्दानि नहुँने तथा घर परिवार तथा पति पत्निबिच घरायसि कुरामा विवाद सिर्जना हुँनेछ । सहयोग गर्ने भन्दा आश्वासन बाढ्नेहरु धेरै भेटिनेछन् भने आर्थिक कारोबार गर्दा ध्यान दिनुहोला ध्यान दिनुहोला रुपैया पैसा लिएर फरार हुँन सक्छन् । स्वास्थ्यमा समस्या आई शुरु गरेका कामहरु सम्पादन गर्न सकिने अवस्था रहने छैन । गोप्य सुचनाहरु बहिरिने हुँदा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान दिनुहोला । बेलुकिपखको समय राम्रो रहेकोले लामो दुरिको यात्राको अधिक सम्भावना रहेकोछ । धार्मिक स्थलको भ्रमण गर्न पाउँदा मन शान्त रहनेछ ।

सिहं (मा, मी, मू ,मे,मो, टा, टी, टू ,टे) पढाई लेखाईमा भनेजस्तो नतिजा हात लाग्ने हुँनाले आफन्त तथा अग्रजहरु खुसि रहनेछन् । एकल तथा साझेदारि व्यापार व्यावसायमा लगानि गरि प्रशस्त नाँफा कमाउँन सकिनेछ । पारिवारिक यात्राका क्रममा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुँनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्निबिच मायाको डोरो कसिलो हुँनेछ । पारिवारिक यात्रा हुँने अधिक सम्भावना रहेकोछ भने पर्यटन व्यावसाय अगाल्नेहरुले मनग्गे धन आजृन गर्न सक्नेछन् । बेलुकिपखको समय मध्ययम रहेकोले अनाबस्यक बिवादमा फस्ने तथा आफन्तबिच झै झगडा हुँनेछ ।

कन्या (टो,पा,पी,पू ,ष,ण,ठ,पे,पो) अदालति निर्णयहरु तपाईकै पक्षमा आउँने तथा सत्रु परास्त गर्दै अगाडि बढ्न सकिनेछ भने प्रतिष्पर्धामा प्रतिश्पर्धिको मनोबल गिराउँदै सकारात्मक उपलब्धि हात पार्न सकिनेछ । पुराना स्वास्थ्य सम्बन्धि समस्या हल भएर जाने तथा पुराना लेनदेनका मुद्दाहरु किनारा लाग्नेछन् । अध्ययन अध्यापनमा सुधार हुनुको साथै पुरस्कार जित्न सकिनेछ । व्यापार व्यावसायमा लगानि बढाई आम्दानिका स्रोतहरु बढाउँदै लान सकिनेछ । बेलुकिपख ईष्टमित्र तथा आफन्तका साथ रमाईलो यात्राको अवसर जुर्ने तथा मिठा मिठा परिकार ग्रहण गर्दै दिन कटाउँन सकिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते¬) पढाई लेखाई अन्य दिन भन्दा सुधार हुने हुँनाले आफन्त हरु खुसि हुनेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ भने परिवार तथा आत्मिय मित्रमा साथ रमाईलो यात्रा हुँनेछ । सबैको सहयोग पाईने हुँनाले काम गर्न जोस जागर आउँनेछ । सामाजिक काममा दिन बित्ने हुँदा मन प्रशन्न रहनेछ भने सबैले तपाईको क्षमताको कदर गर्नेछन् । व्यापार व्यावसायमा लगानि गरि सोचेजस्तो आम्दानि गर्न सकिनेछ । बेलुकिपख समय राम्रो नभएकोले भिडभाडमा सामेल नहुँनुहोला अनाबस्यक झन्झट बेहोर्नु पर्नेछ भने अनाबस्यक खर्च बढ्ने ग्रहयोग रहेकोछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
कृषि तथा पशुपालन व्यावसायबाट राम्रो आम्दानि हुँनेछ । समाजिक काममा समय दिनु पर्नेछ भने तपाईको काम देखि सबै खुसि हुँनेछन् । राजनिति तथा समाजसेवामा समय लगानि गर्नेहरुले सर्बसाधारण सँग सन्तुतिल व्यबहार गर्नुहोला काम बिग्रने हुँदा मान सम्मानमा कमि हुँनेछ । सवारि साधनको व्यापार व्यावसाय सुरु गर्दा भनेजस्तो नाँफा कमाउँन सकिनेछ । आमा तथा आफन्तबाट भनेजस्तो सल्लाह तथा सुझाब पाईने हुँनाले सुधारात्मक काम गर्न सहयोग हुँनेछ । अध्ययन तथा अध्यापनको क्षेत्रमा बेलुकिपख सफलता प्राप्त गर्न सकिने ग्रहयोग रहेकोछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) दाजुभाई तथा अन्य ईष्टमित्रबाट सहायोग हुने हुँदा मन खुसि रहनेछ । छोटो दुरिको रमाईलो यात्राको तय गर्न सकिनेछ । माया प्रेमको गाठो कसिलो हुँनुको साथै दाम्पत्य जीवनमा खुसियालि छाउँनेछ । बनभोज तथा यस्तै समारोहमा जमघट भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुँनेछ । छोटो तथा रमाईलो व्यावसायिक यात्राको तय गर्न सकिनेछ भने न्यायलयबाट हुँने न्यायिक निर्णयहरु तपाईकै पक्षमा फैसला हुँने हुँदा मन प्रशन्न हुँनेछ । उद्योग तथा व्यावसायमा लगानि बढाई भनेजस्तो नाफा कमाउँन सकिनेछ । बेलुकिपख राजनिति तथा सामाजिक क्षेत्रमा सामेल भए अपमानित हुँने ग्रहयोग रहकोले सचेत रहनुहोला ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी¬)
खोज तथा अनुशन्धानको क्षेत्रमा खर्चियको समयबाट सकारात्मक नतिजा आउँने हुँनाले मन प्रशन्न हुँनेछ भने अध्यन तथा अध्यापनको क्षेत्रमा अरुभन्दा अगाडि बढि नतिजा आफ्नो पक्षमा पार्न सकिनेछ । पछि सम्म आम्दानि हुँने व्यावसायमा लगानि बढाउन सकिनेछ । पारिवारका साथ रहेर मिष्टान्न भोजन गर्ने अवसर मिल्नेछ । व्यापार व्यावसायमा लगानि बढाई प्रशस्त आम्दानि गर्न सकिनेछ । बोलिको प्रभाव बढ्ने हुँदा बोलेकै भरमा कामहरु सम्पादन हुँनेछन् । बेलुकिपख आफन्त तथा छिमेकिसँग घुलमिल हुँदा सन्तुलिन व्यबहार गर्नुहोला तपाईलाई प्रयोग गरि फाईदा लुट्न सक्छन् ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) माया प्रेममा सामिप्यता बढेर जानेछ भने परिवार तथा आत्मिय मित्रमा साथ रमाईलो यात्रा हुँनेछ । भौतिक सम्पति तथा सवारि साधन प्राप्तिको योग रहेको छ । सबैको सहयोग पाईने हुँनाले काम गर्न जोस जागर आउँनेछ । सामाजिक कामहरु समयमा सम्पन्न हुँने हुँदा मान सम्मानमा बृद्धि भएर जानेछ भने राजनिति गर्नेहरुले सर्बसाधारणको गतिलो समर्थन पाउँनेछन् । सामाजिक काममा दिन बित्ने हुँदा मन प्रशन्न रहनेछ । व्यापार व्यावसायमा लगानि गरि मनग्गे धन संग्रह गर्न सकिनेछ । बिद्यार्थीहरुले मेहनेत गरि राम्रो नतिजा हात पार्न सक्नेछन् । बेलुकिपख आफन्तका साथ मन परेको भोजन खान सकिनेछ ।

मीन (दी दू थ झ ञ दे दो चा ची) पढाई लेखाई तपाई आफ्नै कारणले बिग्रन सक्छ ध्यान दिनु होला । काम तथा अध्ययनको शिलशिलामा बिदेश यात्राको गतिलो सम्भावना रहेको छ । बिदेशि सामानको व्यापार फस्टाएर जानेछ भने बिदेशमा बसेर व्यापार व्यावसाय गर्नेहरुका लागि समय फलदायि रहनेछ । परिवार तथा आफन्त सँग भेटघाटका क्रममा खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ । बेलुकिपख सोसाईटिमा रहेर काम गर्न सक्दा नाम कमाउँन सकिनेछ । बिलाशि तथा सुन्दर बस्तुको व्यापार व्यावसायमा लगानि गरि आम्दानिका स्रोतहरु फराकिला पार्न सकिनेछ ।

तपाईको दिन शुभ रहोस ।
ज्योतिषि तारानाथ उपाध्याय
ज्योतिष परामर्ष सेवा केन्द्र
काठमाडौ नेपाल
फोन नं.९७४१०६८९६२

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित