Home | About Us | Contact

आजको राशिफल २०७४ असार २९ गते बिहिबार, Today’s Horoscope, July 13

आजको राशिफल
बि.स.२०७४ आषाड २९ गते । बिहिबार । ईश्वी सन् २०१७ जुलाई १३ तारिख । नेपाल सम्बत् १९३७ । साधारण संवत्सर । उत्तरयण । ग्रीष्म ऋतु । श्रीशाके १९३९ । श्रावण कृष्ण पक्ष । तिथि चतुर्थि,१७ घडी ३१ पला, दिउँसो १२ बजेर १८ मिनेट उप्रान्त पञ्चमी । नक्षत्र शतभिषा ४२ घडी २६ पला, बेलुका १० बजेर २० मिनेट उप्रान्त पूर्वाभाद्रपदा । योग आयुश्मान १२ घडि ५९ पला,बिहान १० बजेर २९ मिनेट उप्रान्त सौभाग्य । करण बालव, दिउँसो १२ बजेर १८ मिनेट उप्रान्त कौलव, रातको ० बजेर ०९ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा वज्र योग । चन्द्रराशि कुम्भ । पञ्चम । आदिकबि भानुभक्त जयन्ति ।

काठमाडौंमा सूर्योदय ०५ बजेर १८ मिनेट, सूर्यास्त बेलुका ०७ बजेर ० मिनेट जादा । दिनमान ३४ घडी १५ पला ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) चाहेको तथा आटेको काम सम्पादन हुँने हुँदा मनग्गे धन आर्जन गर्न सकिनेछ । आफ्नो क्षमता प्रयोग गरि असहज परिस्थितिलाई सहज बनाउँन सकिनेछ भने व्यापार व्यावसायमा लगानि गरि आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ । सरकारि धन तथा पैत्रिक धन सम्पति हात लागि हुँने सम्भावना रहेको छ । दाजुभाई तथा आफन्तबाट भने जस्तो सहयोग हुँने हुँदा ईच्चा आकांक्षा तथा मनोकामना पुरा हुने समय रहेको छ । भौतिक बस्तु,सवारि साधन तथा अन्य सम्पतिहरु जोड्न सकिनेछ । पढाई लेखाईमा अन्य दिन भन्दा सुधार भएर जाने हुँनाले अरुको भन्दा नतिजा आउँनेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा)सम्मानित काम गरि सबैको मन जित्न सकिनेछ भने व्यापार व्यावसायमा प्रसश्त आम्दानि गर्न सकिनेछ । नयाँ काम पाउँने तथा गरिरहेको काममा बढुवा हुँने योग रहेको छ । पारिवारिक माहोलमा भेला भई मिष्टान्न भोजन ग्रहण गर्न सकिनेछ । बिवाद तथा प्रतिष्ठाको लडाईमा तपाईको जित निश्चित हुँनेछ । परिवारजनको सहयोगले महत्वपुर्ण कामहरु बन्नेहुँनाले आर्थिक अवस्था सुदृड हुँनेछ । पढाई लेखाईमा प्रतिश्पर्धिहरु भन्दा निकैनै अगाढि बडि पुरस्कार तथा प्रशंसापत्र जित्न सकिनेछ । साथिभाई तथा शुभचिन्तक हरुको साथ तथा समर्थन रहने हुँनाले दैनिक कामहरु गर्न सहज हुँनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) कामको शिलशिलामा शक्तिशालि व्याक्तिसँग प्रतिश्पर्धा गर्नुपरेपनि अन्तत तपाईको नाम सुरक्षित रहनेछ । माया प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ । सानो प्रयासबाट नै ठुलो काम बन्नेछ भने व्यापार व्यावसायमा थोरै लगानिबाटनै भनेजस्तो नाँफा कमाउँन सकिनेछ । पढाई लेखाईमा आफ्नो स्थान सुरक्षित गर्न सकिनेछ । ईज्जतिलो काम गरेर सबैको मन जित्न सकिनेछ । आफन्त तथा साथिभाई सँग मिठा मिठा कुरा गरि दिन कटाउँन सकिनेछ । धर्म कर्ममा ध्यान जाने तथा आफ्नो सस्कृति जोगाउँन समय खर्चिनु पर्नेछ भने धार्मिक यात्रा हुँने ग्रहयोग रहेकोछ ।

कर्कट (ही, हू ,हे, हो, डा, डी, डु, डे, डो) सवारि साधनको प्रयोग गर्दा वा चलाउँदा ध्यान दिनुहोला । सरकारि तथा प्रशासनिक कामहरु गर्दा ध्यान दिनुहोला दण्ड जरिवाना तिर्नुपर्ने हुँन सक्छ । आफन्त तथा चेलि माईति बिच बैमनस्यता बढ्ने ग्रहयोग रहेकोछ सचेत रहनुहोला । व्यापार व्यावसायमा समय दिन नसक्दा घाटा लाग्न सक्छ ध्यान दिनुहोला । माया प्रेममा धोका हुँनेछ भने पति दाम्पत्य जीवनमा घटपट आउँनेछ । समय तथा परिस्थिति अनुशार नचल्नाले दुख पाईनेछ । सामान्य स्वास्थमा समस्या आई उपचार खर्च बढेर जानेछ । पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिने चिन्ताले सताउँनेछ ।

सिहं (मा, मी, मू ,मे,मो, टा, टी, टू ,टे) धेरै कामहरु बन्नाले आर्थिक क्षेत्र सबल बन्नेछ भने डाहा तथा तपाईको नराम्रो सोच्नेहरु हार खानेछन् । रमाईलो व्यावसायिक यात्राको तय हुँने तथा व्यापारबाट मनग्गे नाँफा कमाउँन सकिनेछ । दाम्पत्य जीवनमा एक अर्कालाई सहयोग गर्दै अगि बढ्न सकिनेछ भने माया प्रेम गर्नेहरुले आफ्नो मन परेको मान्छेसँग बसेर समय ब्यातित गर्दा खुसि भएको महशुस गर्नेछन् । अध्ययन अध्यापनमा अरुलाई पछि पार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । स्वास्थ्य आफ्नै काबुमा रहने हुँनाले नयाँ नयाँ काम गर्ने जोस जागर बढेर आउँनेछ । बैवाहिब बन्धनमा बाधिने गतिलो ग्रहयोग रहेकोछ ।

कन्या (टो,पा,पी,पू ,ष,ण,ठ,पे,पो) व्यापार व्यावसायमा प्रशस्त नाँफा कमाउँन सकिनेछ भने व्यावसायमा लगानि बढाई आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ । माया प्रेममा सामिप्यता बढ्नेछ भने पति पत्नि बिच मायाको डोरो कसिलो भएर जानेछ । पुरानो रोग तथा समस्याहरु स्वत ठिक भएर जानेछन् । पढाई लेखाईमा अरुभन्दा अग्र पंतिमा तपाईको नाम आउँने तथा बिजयको योग रहेकोछ । मामा तथा मावलिबाट तपाईको काममा सहयोग हुँनेछ भने परिवारका आवस्यक्ताहरु पुरा गर्न सकिनेछ । अदालत तथा न्यालयबाट हुँने न्यायिक निर्णयहरु तपाई आफ्नै पक्षमा हुँनेछन् भने सत्रुहरुलाई परास्त गर्दै अगाडि बढ्न सकिने ग्रहयोग रहेकोछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते¬) तपाईको बौद्धिकताको उच्च सम्मान हुँनेछ भने शिक्षा क्षेत्रसँग सम्बन्धित कामहरुबाट मनग्गे आम्दानि हुँनेछ । मित्रहरुको फराकिलो सहयोगले नयाँ योजनाहरु कार्यान्वयनमा ल्याई प्रशस्त रुपैया पैसा कमाउँन सकिनेछ । लगनशिल तथा मेहनेतले अगाडिको बाटो पहिल्याउन सहज हुँनेछ । परिवार तथा सन्तानको साथ रहने हुँनाले काममा समय दिन सहज बाताबरण पैदा हुँनेछ । आकस्मिक धन तथा सम्पति तथा भौतिक सम्पतिहरु हात लागि हुँने योग रहेको छ । अगाडि बढ्ने सुत्र पत्ता लगाउँन सकिने तथा पढाई लेखाईको क्षेत्रमा राम्रो प्रगति गर्न सकिने ग्रहयोग रहेकोछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) राजनिति तथा समाजसेवामा प्रतिश्पर्धिहरु हावि हुँनेछन् । आफ्नो भन्दानि सामाजिक काममा समय बित्नेछ भने अरुको काम गरि प्रसन्न हुँने समय रहेको छ । अरुकै काममा समय खर्चिदा आफ्नो काम थाति रहनेछ । कृषि तथा पशुपालनमा गरिएको लगानिबाट मनग्गे आम्दानि हुँनेछ । आमा वा आमा सरहका मानिससँग अलग्गिएर लामो यात्रा गर्नु पर्दा मनमा खिन्नता पैदा हुँनेछ । अध्ययन अध्यापनमा अलि बढि समय खर्चिदा नतिजा आफैतिर ल्याउँन सकिनेछ । नयाँ काम शुरु गर्नुभन्दा अगाडि राम्ररि बिचार पुर्याउँनुहोला । आमा समुह गठन गरि समाजलाई शिक्षित पार्न तपाईको भुमिका महत्वपुर्ण हुँनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) पराक्रम बढेर जाने हुँनाले जोसिलो काम गर्ने जागर आउँनेछ भने खेलकुद क्षेत्रसँग समन्धित कामबाट भनेजस्तो लाभ लिन सकिनेछ । सानो प्रयत्नले राम्रो काम गरि फाईदा लिन सकिनेछ भने प्रतिश्पर्धिहरु परास्त हुँनेछन् । व्यापार तथा उद्योगमा लगानि बढाई भने जस्तो रुपैया पैसा कमाउँन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने जीवन साथिको सहयोगले जोसिलो काम बन्नेछ । रोकिएर बसेका कामहरु बन्नुको साथै बिस्तारै नयाँ काम बन्नेछन् । दाजुभाई तथा छिमेकिहरु सँगको सम्बन्धमा सुधार भएर जानेछ भने उपलब्धिमुलक छोटो तथा रमाईलो यात्रा हुँन सक्छ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी¬) रोकिएर बसेका कामहरु बन्नेछन् भने नयाँ काम गरि भनेजस्तो कमाई गर्न सकिनेछ । माया प्रेममा सामिप्यता बढ्ने तथा घर परिमा पति पत्निबिच मायाको डोरो कसिलो भएर जानेछ । कुटुम्ब तथा आफन्त सँगको सुमधुर सम्बन्धले कामहरु गर्न सहज हुनेछ । पढाई लेखाईमा सुधार आई अरुभन्दा अग्र पंत्तिमा तपाईको नाम आउँनेछ । व्यापार फस्टाएर जाने हुँनाले दैनिकी फेरिनेछ भने छोटो तथा रमाईलो यात्राको तय हुँनेछ । परिवार तथा आफन्तका साथ मिष्टान्न भोजन ग्रहण गर्ने समय मिल्नेछ । तर्कशक्ति तथा बोलिको प्रभाव बढ्ने हुँदा बोलिकै भरमा कामहरु बन्नेछन् ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) सुन्दर तथा बिलाशि बस्तुहरुको प्रयोग मार्फत अरुको मन आफुतिर लोभ्याउँन सकिनेछ । उत्तम बस्त्र,मनपर्ने भोजन तथा बिशेष उपाहार प्राप्तिको योग रहेकोछ । सामाजिक कामहरु समयमा बन्ने हुँनाले सम्मानित जीवन यापन गर्न सकिने तथा पद प्रतिष्ठा पाउँने ग्रहयोग रहेकोछ । प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जाने तथा दाम्पत्य जीवन सुखि रहनेछ । पढाई लेखाईमा प्रतिश्पर्धिहरुलाई हराउँदै अगाडि बढ्न सकिनेछ । बिभिन्न अवसरले पछ्याउँनेछन् भने चाहेको समयमा कामहरु सम्पन्न हुँने हुँदा आफन्तहरु खुसि हुँनेछन् ।

मीन (दी दू थ झ ञ दे दो चा ची) अध्ययन तथा अध्यापनको क्षेत्र तपाई आफ्नै कारणले कमजोर रहनेछ । तयारि बिनानै प्रश्तुत गरिने योजना बिफल हुन सक्छ ध्यान दिनुहोला । आफन्त तथा परिवारबाट अप्रीय तथा दुखद समाचार सुनिने हुँदा मनमा खिन्नता पैदा हुँनेछ । स्वास्थ्यमा समस्या आई दैनिक कामकाज गर्न नसकिने हुँनाले रुपैया पैसाको ब्याबस्थापन गर्न गाह्रो हुँनेछ । लामो दुरिको बिदेश यात्राको अधिक सम्भावना रहेकोछ भने बिदेशि भुमिमा बसेर श्रम र पशिना बगाउँनेहरुका लागि समयले साथ दिनेछ । स्वास्थ्यमा समस्या आई ऋण लाग्ने तथा उपचार खर्च बढेर जाने हुँनाले सचेत रहनुहोला ।
तपाईको दिन शुभ रहोस ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित