Home | About Us | Contact

कास्की पोखरा समाज क्युश्यु गठन हुने

कास्की पोखरा समाज जापानको क्युश्यु क्षेत्रीय कमिटि गठन हुने भएको छ । क्युश्यु क्षेत्रमा नेपालीहरुको चाप सगै विभिन्न क्षेत्रीय संगठन गठन र विभिन्न कार्यक्रमहरु पनि बढी रहेको छ। कास्की पोखरा बाट क्युश्यु क्षेत्रमा आउने संख्या वृद्धि सगै एकापसमा सहकार्य र एकता आबश्यक महसूस भएकोले उक्त समाज गठन गर्न लागेको हो।

कास्की जिल्ला नेपालबाट विभिन्न उद्देश्यले जापानको क्युश्यु क्षेत्रमा आइ बसोबास गर्ने सम्पर्ण दाजुभाई तथा दिदीबहिनीहरु एकबद्ध भई एक आपसमा भाइचारा वृद्धि भई बिबिध खालको समस्याहरुको समाधान गर्ने उद्धेश्यले कास्की पोखरा समाज गठन गर्न लागेको जानकारी अग्रज एवं समाज सेवी सन्तोष थापाले फुकुओका नेपाल डट न्युजलाई बताए ।

कास्की पोखरा समाज गठन सम्बन्धि जुन२३ मा धर्म राज अधिकारि, सन्तोष थापा ,बिष्णु प्रसाद आचार्य ,शिब प्रसाद पौडेल ,हरि बहादुर पहारी,कृष्ण हरि सुबेदी , हरि रेग्मी ,मनोज राना ,बिमल राइ ,राज बोहरा उपस्थितिमा बसेको बैठकले सन्तोष थापा ,हरि रेग्मी र बिष्णु आचार्यले समाज गठन बारे अध्यन गरि क्युश्युमा उक्त समाज आबश्यक छ कि छैन भन्ने निचोड निकाल्ने जिम्मा लिएका थिए।

उहाहरुको अध्ययन र छलफलले सस्था गठन आबश्यक ठहर गरि भेला डाकिएको बताईएको छ । कास्की पोखरा समाजको भेला फुकुओका सी चीओउ कु सिमिन सेन्टरमा हुने हुदा कास्की पोखराबाट क्युश्यु आइ बसोबास गर्ने सम्पूर्णलाइ उपस्थितिको लागि हार्दिक अनुरोध गरेको छ।

स्थान : फुकुओका सी चिओउ कु आकासाका २-५-८
मिति :२०१७/०७/२९( सनिबार )
समय : साझ ६ बजे

सम्पर्क
सन्तोष थापा (०९०-८२२५-०६९३)
योगेश कार्की (०८०-४३१३-०२१८)
हरि रेग्मी (०८०-४८००-३७२८)
नवराज गौतम (०९०-२९६१-४६५२)
बिष्णु प्रसाद आचार्य (०८०-६४१७-८२५६)
कृष्ण हरि सुबेदी (०८०-३३७१-३८०९)

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित