Home | About Us | Contact

गजल : आमा

देख्दिन कँही आफ्नो पन,अनि बौलाउँछु
जसरी डढेलो लाग्दछ वन,अनि बौलाउँछु

भोक प्यास लाग्दा, सक्दिनँ पानी पिउँन
भक्कानिन्छ यो धड्कन,अनि बौलाउँछु

फोहोरी बुढि रोगी बुढि, भन्दै निन्दा गर्छ
कुकुरको जब गर्छ जतन,अनि बौलाउँछु

जीवन भर छोरो भन्दै,यो मुटु हल्लीरह्यो
उस्को देख्दा ढुंङ्गाको मन,अनि बौलाउँछु

थांग्नामै चिसियो जुग,पटुकीले भोक च्यापी
छोरो पठाउँछ आश्रम झन,अनि बौलाउँछु

गजल लेखक : नमिता बराल ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित