Home | About Us | Contact

साईकल र ईन्जिन फरक कुरा हुन्

–कर्मयुग
साईकल चलाएर काममा जानेहरु सवारी साधनसँग प्रतिस्पर्धा गर्न सक्दैनन् । पोखरा लगायत काठमाण्डौँ र अन्यन्त्र देखिएको यो एक प्रमुख ट्राफिक समस्या हो । सवारीको नियममा केही सुधार भएतापनि हर्न बजाउँन निषेध भएसकै खतरा झन् लम्बिएको छ ।

यसले दुर्घटना निम्तियाउँने निश्चित छ । जस्तो कि पहिला–पहिला हर्नले पछाडिको सवारीको संकेत दिन्थियो र अगाडिको सवारी अगाडि जान्थ्यिो वा साईड लाग्थियो। जेहोस् हर्नले संकेत गर्दथ्यिो । अहिले पछाडिको सवारीले हर्न दिन छाडेपछि खतरा झन् बढेको छ । हर्न बिना नै सवारी चलाउँने व्यहावरमा परिवर्तन होला । तर तत्कालको जनप्रशिक्षण बिना नै हर्नमा रोक लगाउँदा कतिपय अन्यौला परेका छन् । डरले अहिलेदेखिनै हर्न बजाउँन छाडिएको अवस्था छ । मनपरी गर्नेलाई झन् मनपरी सवारी साधन चलाउँने छुट मिलेको छ ।

सरकारले ट्राफिक सुधारका लागि थप प्रभावकारी योजनाहरु ल्याउँनु जरुरी देखिन्छ । साईकल र पैदल यात्रीलाई समस्या छ । सवारीको गति बढेको बढ्यै छ । तर साईकलको गति शरिरमा भर पर्ने हुँदा साईकल ईन्जिनसँग प्रतिस्पर्धा गर्न असम्भव छ । कार, जिप, माईक्रोबस, ट्रक लगायत ईन्जिनसँग चल्ने सवारी चालकले साईकल यात्रुलाई हेप्ने परिपाटी छ र यो झन् मौलाएको छ । साईकल भनेको सहज साधन होइन भन्ने मानसिकता ईन्जिनवाला सवारी चालकमा छैन ।

अह्मताको भावनाले आफ्नो सवारी साधनलाई ठूलो र साईकल वा साना सवारी साधनलाई सानो देख्ने प्रवृतिले दुर्घटनालाई निम्तो दिएको छ । ठूलोले आफ्नो रुटमा बढी क्षेत्रफल ओगट्ने भएकोले साना सवारीलाई पहिला पास गर्न दिँदा कस्तो होला । तर यहाँ व्यापारिक तथा अस्वस्थ प्रतिस्पर्धाले दुर्घटनालाई जल दिईरहेको छ । सही व्यवहार र नियममा जल दियो फलदायी होला । नत्र भन्न सकिदैन् ।

ट्राफिक नियममा अझै सुधार भएको छैन । ठूलो सवारी र साना सवारीलाई हेर्ने भेद छुट्यावस् । जय नयाँ सरकार ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित