Home | About Us | Contact

वित्तिय साक्षरता अभियानलाई तीव्र गतिमा अघि बढाउने राष्ट्र बैंकको तयारी

समाचारपाटी, काठमाडौँ, २१ असार । नेपाल राष्ट्र बैंकले वित्तिय साक्षरता अभियानलाई तीव्र गतिमा अघि बढाउने तयारी गरेको छ ।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले मुलुकलाई आर्थिक रुपमा सम्पन्न गराउन पनि वित्तिय साक्षरता अभियानलाई व्यापक बनाउनुपर्ने बेला आएको स्पष्ट पार्नु भयो । बुधबार ललितपुरमा आयोजित लघु, साना तथा मस्यौला उद्योमीहरुको अन्तराष्ट्रिय गोष्ठीलाई सम्बोधन गर्दै उहाँले नेपाल राष्ट्र बैंकले वित्तिय साक्षारता अभियान संचालन गर्नका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्ने पनि उल्लेख गर्नु भयो ।

डेपुटी गभर्नर शिवाकोटीले लघु, साना तथा मस्यौला उद्योमीहरुलाई आवश्यक कर्जा प्रवाह गर्न बैंक तथा वित्तिय संस्थाहरु इच्छुक रहेको पनि स्पष्ट पार्नु भयो । उहाँले कर्जा प्रवाह र यसबाट लिने व्यवसायिक फाईदाका विषयमा भने अझै पनि साना उद्योगीहरु जानकार नरहेको पनि बताउनु भयो ।

नेपाल राष्ट्र बैंकले लघु, साना तथा घरेलु उद्योगको विकासका लागि आवश्यक लगानी गर्न बैंक तथा वित्तिय संस्थाहरुलाई पटक–पटक निर्देशन दिँदै आएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित