Home | About Us | Contact

साना उद्योग सम्बन्धि गोष्ठी बुधबारबाट सुरु

समाचारपाटी, काठमाडौँ, २१ असार । नेपालमा लघु, साना तथा मझौला उद्यमीहरुको विकाससम्बन्धि अन्तराष्ट्रिय कार्यशाला गोष्ठी बुधबारबाट सुरु भएको छ ।

एशियन मुलुकहरुले लघु, साना तथा मझौंला उद्योग विकासका लागि अंगीकार गरेका नीति, व्यवस्था र कार्यक्रमका विषयमा जानकारी दिने उद्देश्यका साथ अन्तराष्ट्रिय गोष्ठी आयोजना गरिएको हो । ललितपुरमा आयोजित गोष्ठीको उदघाटन समारोहलाई सम्बोधन गर्दै उद्योग मन्त्रालयका सहसचिव पुरुषोत्तम नेपालले नेपाल उद्योग क्षेत्रको विकासका लागि आवश्यक वातावरण बनाउन लागि परेको बताउनु भयो । उहाँले उद्योगका लागि आवश्यक लगानी, जनशक्ति व्यवस्थापन, प्रविधि हस्तान्तरण र बजारीकरणको काममा सरकारले सहजकर्ताको रुपमा भूमिका निर्वाह गरिरहेको दावी समेत गर्नु भयो ।

गोष्ठीमा नेपाल, जापान, इन्डोनेशिया, मलेसियालगायतका एशियन मुलुकहरुको लघु, साना तथा मझौला उद्यमी तथा त्यस क्षेत्रको नीति निर्माणमा संलग्न सरोकारवाला, सरकारी तथा गैरसरकारी तथा स्थानीय निकायका प्रतिनिधिहरु सहभागी रहेका छन । गोष्ठीमा लघु, साना तथा मझौला उद्यम विकासका विविक्ष पक्षलाई उजागर गर्ने गरी नौं वटा कार्यपत्र प्रस्तुत हुने नेपाल घरेलु तथा साना उद्योग महासंघले जनाएको छ ।

३ दिनसम्म चल्ने अन्तराष्ट्रिय गोष्ठीमा परिवर्तित सन्दर्भमा नेपालको केन्द्र, प्रदेश र स्थानीय सरकारले लघु, साना तथा मझौला उद्योग विकासका लागि अंगीकार गर्नुपर्ने नीतिगत व्यवस्था, वित्तिय पंहुच विचार/विमर्श हुने अपेक्षा गरिएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित