Home | About Us | Contact

स्वर्ण विजेतालाई उपाध्यक्षको कुर्सी

समाचारपाटी १९ असार – इलाम : चुनावी मैदानमा रहेका चार खेलाडी मध्ये एक जनाले विजय प्राप्त गर्नुभएको छ। रोङ गाउँपालिकामा नेपाली कांग्रेसको तर्फबाट उपाध्यक्षकी उम्मेद्वार बन्नु भएकी चन्द्रकला राई (बुढाथोकी) ले विजय प्राप्त गर्नुभएको हो। कराँते खेलकी रेफ्री समेत रहेकी उहाँले जनताको मतले प्राप्त गरेको विजयलाई जनताकै हितमा खर्चने बताउनु भएको छे। नौ बर्ष राष्ट्रिय, क्षेत्रीय र स्थानीय प्रतियोगितामा सहभागी हुनभएकी उहाँले स्तानीय तह निर्वाचनमा एमालेकी विष्णु खबास, माओवादी केन्द्रकी अञ्जना लाप्चा र संघीय समाजवादी फोरमकी संगीता सुनुवारसँग प्रतिस्पर्धा गर्नुभएको थियो।

राईले ४ हजार १ सय ३१ मत प्राप्त गर्नुभएको छ। उहाँका प्रतिद्धन्द्वी एमालेकी विष्णु खवासले ३ हजार ३ सय ६६ मत प्राप्त गर्नुभएको छ। रोङ गाउँपालिका कराँतेको उर्वर थलो पनि मानिन्छ। ४० वर्षीया चन्द्रकलाले पाल्पा, नेपालगञ्ज र जनकपुरमा भएको सितोरीयो कराँतेको राष्टिय प्रतियोगितामा स्वर्ण पदक हातपार्नु भएको थियो। रोङ ४ भालुझोडा स्थानीय भएर हुनु भएकी चन्द्रकलालाई कराँते खेल भन्दा राजनीति अलिक कठिन यात्रा जस्तै लागेको बताउनुभयो। ‘खेलले अनुशासन सिकाएको छ, विजयी भए अब त्यही अनुशासन र पारदर्शीतालाई व्यवहारमा उतार्छु’, उहाँले भन्नुभयो । रोङ गाउँपालिको अध्यक्षमा नेपाली काग्रेसकै शम्शेर राई विजयी हुनुभएको छ।

उहाँले ३ हजार ९८५ मत प्राप्त गर्नुभएको छ। उहाँका निकटतम प्रतिद्वन्द्वी वृहस्पती खतीवडाले ३ हजार ६ सय ७२ मत प्राप्त गर्नुभएको छ। इलाममा भलिवलकी चेम्पियन्स देउमाई नगरपालिकाका लागि कांग्रेसका तर्फबाट उप मेयरकी प्रत्यासी सूर्यमाया राई, तेक्वान्दो खेलमा तीन राष्ट्रियसहित पाँच स्वर्ण विजेता इलाम नगरपालिका ९ का वडा अध्यक्षका उम्मेद्वार गोपाल चौहान र बक्सिङका राष्ट्रिय रेफ्री इलाम नगरपालीका ७ का नेकपा एमालेका तर्फबाट वडा अध्यक्षका उम्मेद्धार सुमन श्रेष्ठले भने पराजय भोग्नु भएको छ। शान्तिडाँडा मुलखर्ककी ४२ वर्षीया सुर्यमाया राईले चन्द्रकला संगै निक्कै प्रतियोगिता भाग लिनुभएको थियो। यस पटक सूर्यमायाको भने उपमेयर बन्ने सपना टुटेको छ। राईलाई एमालेकी पविमाया राईले पराजीत गर्नुभएको हो।

इनपा ९ भञ्याङका ५ राष्ट्रिय स्वर्ण पदक विजेता तेक्वान्दो खेलाडी गोपाल चौहान नेपाली काग्रेसको तर्फबाट वडा अध्यक्ष पदमा उठ्नु भएको थियो। दुई दशक खेलकुदमा बिताउनु भएका चौहानले इलाम, नेपालगञ्ज र काठमाडौंमा राष्ट्रिय खेलकुद परिषदले खेलाएको राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक हातपार्नु भएको छ। उहाँले तेक्वान्दो संघले हेटौंडा र काठमाडौंमा आयोजना गरेको प्रतियोगितामा पनि स्वर्ण पदक हातपानुर् भएको थियो। २०४९ देखि तेक्वान्दो खेलमा प्रवेश गर्नुभएका उहाँलाई राजनीतिमा भने नेकपा एमालेका उम्मेद्धार श्याम कृष्ण घिमिरेले पराजित गर्नुभएको छ। इनपा ७ मा नेकपा एमालेको तर्फबाट बक्सीङका राष्टिय खेलाडी सुमन श्रेष्ठलाई नेपाली काग्रेसका नरेश श्रेष्ठले पराजित गर्नुभएको छ। बाह्र बर्षसम्म बक्सिङ खेल्नु भएका ३६ वर्षीया श्रेष्ठ बक्सिङ राष्ट्रिय रेफ्री समेत रहनु भएको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित