Home | About Us | Contact

विष्णुलाल श्रेष्ठको अध्यक्षतामा लमजुङ सेवा समाज कतारको नयाँ कार्यसमिति चयन

समाचारपाटी, कतार, १८ असार । लमजुङ सेवा समाज कतारको १२ औँ अधिवेशनले २०१७–२०१८ को लागि विष्णुलाल श्रेष्ठको अध्यक्षता १९ सदस्यीय केन्द्रीय कार्यसमिति सर्वसहमत चयन गरेको छ ।

जसको प्रथम उपाध्यक्षमा खुसीराम गुरुङ, द्धितिय उपाध्यक्षमा नवराज नखोला, महासचिवमा सिताराम थापा, कोषाध्यक्षमा विनोद प्रसाद बसौला, सहकोषाध्यक्ष शिव रसायली, सचिवमा युवराज गुरुङ रहेका छन् ।

यस्तै क्षेत्रीय संयोजकमा रामचन्द्र अधिकारी र बृद्धिसागर सुवर्णकार रहेका छन् । समितिको सदस्यहरुमा कर्म गुरुङ, राज लोपचन, सञ्जय रेग्मी, प्रेम बहादुर अधिकारी, दिपक अधिकारी, कुमारी गुरुङ, लेख विलास विसुराल, रवि गुरुङ, रविन्द्र घिमिरे र उपेन्द्र सोती रहेका छन् ।

– सञ्जय रेग्मीको सहयोगमा ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित