Home | About Us | Contact

“सबै नेपालीले बर्षभरी खाने धान उत्पादन हाेस”

आज असार १५ अर्थात राष्ट्रिय धान दिवस । मानो रोपेर मुरी फलाउने समय। देशभर रोपाई गरी दही चिउरा खाएर पर्वकै रुपमा मनाइदै छ पन्ध्र असार। आजको दिनलाई राष्ट्रिय धान दिवसको रुपमा पनि मनाईन्छ।

मानो रोपेर मुरी फलाउने समयको रुपमा लिइने असार महिनामा निकै चटारो हुन्छ नेपाली किसानहरुलाई । त्यसमा पनि मध्य असार अर्थात् असार १५ को महत्व त झनै वढी छ। असार पन्ध्रको दिन रोपिएको धान अघिपछि रोपिएको भन्दा वढी फल्ने विश्वास छ । आजको दिन धान रोपाई गरी दही चिउरा खानाले शुभ लाभ हुने धार्मीक र सांस्कृतिक विश्वास समेत छ । आफ्नो जमीन नहुने र खेतीपाती नहुनेहरुले पनि आजको दिन रोपाईमा सहभागी भएर हिलो छ्यापाछ्याप गरी रमाइलो गर्ने गर्दछन्।

असारे गीतको भाकाले त असार पन्ध्रको रौनक झनै वढाइदिन्छ । रोपाई गर्दा किसानका दु:ख पिर तथा हर्ष र उल्लासलाई समेटी असारे गीतका रुपमा गाउने गरिन्छ । अत;रोपाईमा सहभागी भई असार पन्ध्र मनाउन सम्पूर्ण नेपाली किसानहरुलाई “मानु खानु मूरी उब्जाउनु” भन्ने शुभ-कामना दिन चाहन्छु ।

#नरेन्द्र बास्तोलाको फेसबुक बाट

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित