Home | About Us | Contact

लमजुङको सुन्दरवजार १० धुसेनीमा इन्टरनेट सेवा सुचारु हुँदै

सुदिप अधिकारी, सुन्दरबजार, १४ असार । नेपालका कतिपय क्षेत्रमा विद्धुतिय प्रणालि सेवा विस्तार गर्ने क्रम चलिरहेकै छ । नेपालका प्रत्येक वडामा ईन्टरनेट सेवा पुर्याउने अवधारणा सार्वजनिक भईरहेकै वेला लमजुङको सुन्दरवजार १० धुसेनीमा भने छिट्टैनै ईन्टरनेट सेवा सुचारु हुने भएको छ ।

नेपाल टेलिकम लमजुङ शाखा सगँको समन्वयमा उक्त सेवा सुचारु हुन लागेको हो । लमजुङको धुसेनिमा यस अघिनै टेलिकमले टावर निर्माण गर्ने भनेपनि अान्तरिक असहमतिका कारण उक्त कार्य रोकिदै अाएको थियो । सौभाग्य सदन माध्यमिक विद्यालय सुनपा १० फुलबारिमा मोवाईल BTS टावर राख्ने गरि सहमति भएसगै टेलिकमले प्रतिवद्धता जनाएको ग्रिन हाउस कम्प्युटर  इन्स्टिच्युटका प्रोपाईटर राम बहादुर भण्डारीले जानकारी दिनुभयो ।

BTS टावर राखेसगै ईन्टरनेट सगँ सम्वन्धित सवै सेवाहरु सुचारु गर्न सकिने र घरघरमा ईन्टरनेटको पहुच पुर्याउन सकिने टेलिकमले दावी गरेको छ । भण्डारीका अनुसार दशैँ सम्म ईन्टरनेटको सेवा विस्तार भईसक्ने छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित