Home | About Us | Contact

आबुधावी ईज द बेस्ट

समाचारपाटी १४ असार –  युएई अथार्त दुबईको एक स्टेट पर्छ, आबुधावी । अरब अथार्त खाडी मुलुकको सबैभन्दा सुन्दर र विकसित शहरको रुपमा आबुधावीलाई लिईन्छ । समुद्रको बीच भागमा अवस्थित यो शहर समुद्रलाई माटोले पुरेर तयार पारिएको हो । मुस्लिम कन्ट्री र अरबीहरुको बसोबास रहेको यो सहर अब करिब स्वतन्त्रताको संघारमा पुगेको छ भन्दा फरक नपर्ला । मुस्लिम महिलाहरु करिब बुर्का बेगरपनि हिडडुल गर्न लागेको देखिन्छ । आबुधावीमा शिक्षाले ल्याएको परिवर्तन भनेको नै अरबी महिलामा पश्चिमी जीवन शैली पारेको प्रभाव नै हो । तर घरको निर्णय भने अरबी स्टाएलमा नै चल्छ ।

मुख्य भाषा अरबी र ईग्लिस नै हो । अरु चल्दैन । आबुधावी अन्तर्राष्ट्रिय विमानस्थल विश्वकै सबैभन्दा ठूलो विमानस्थलको रुपमा परिचित हुनुको साथै अन्य राष्ट्रमा आवतवाजत गर्ने बेला आबुधावी प्लेन लेन्ड प्रायः हुने अर्को विशेषता हो । विश्वकै मुख्य ट्रान्जिट एरियाको रुपमा आबुधावीलाई लिने गरिन्छ ।

५६ डिग्रीभन्दा बढीको अवस्थामा तापक्रम पुग्ने भएतापनि आबुधावी ऐसीको शहरको रुपमा प्रयाख्त छ । हावा र पानीलाई चिसो बनाउँन प्रयोग हुने ऐसी सबै स्थानमा जडान गरिएको हुन्छ । नत्र कामदारहरुले काम गर्न गाह्रो हुन्छ । नेपाली युवाको मुख्य रोजगारी केन्द्रको रुपमा समेत आबुधावीलाई लिइन्छ । सिस्टममा चलेको देश युएई भएतापनि आबुधावी जस्तो सुन्दर शहरको रुपमा सिस्टमकै प्रणालीमा जाँदा दुबईले आबुधावीलाई भेट्न सक्दैन । सवारी दुर्घटना कम छ । ट्राफिक देख्न पाईदैन । सबैकाम लाईटले नै गर्छ ।

शिक्षा र तालिमतर्फ बढी पाईलट उत्पादन गर्ने शहरको रुपमा समेत आबुधावी पर्छ । पत्रपत्रिका, टेलिभिजन, अहिले त एफएमको समेत चरम विकास भएको छ । रेडियो मिर्ची एज हट आबुधावीको मुख्य युवाहरुको रोजाईमा पर्छ । आबुधावी हलिउड बलिउड फिल्म सुटिङको प्रमुख आकर्षणमा पर्छ । आबुधावी यति क्लिन छ कि सानो कागजको टुक्रा समेत देख्न पाईदैन । अरबीले सिकाएको एउटा असल पाठ भनेको कामको सम्मान नै हो । अरबीहरुले कामलाई सानो ठूलो भन्दैन सबै काम बराबर भन्ने सोचको विकास भएको छ, आबुधावीमा ।
त्यहाँका अरबीमा यति शालिनता शिष्टता अन्यन्त्र कमै हुन्छ होला । सभ्य र स्टिममा चल्ने त्यहाँका अरबीहरु कामदारलाई भने औधी माया र सहयोग गर्छन् । खाली कामको सम्मान गर्ने प्रबृद्धि त्यहाँका अरबी बासिन्दामा पाइन्छ ।


आबुधावी प्रायः महिला रोजगारको रोजाईमा समेत पर्छ । काम सिकेर आबुधावी जाँदा राम्रो र सजिलो हुन्छ । पुरुष बढी महिलालाई सुरक्षा दिएको छ । प्राथमिकतामा सुविधाको हिसाबले महिलाले बढी सुविधा दिएको छ आबुधावीको सरकारले । महिलालाई सम्मान गर्नुपर्छ भन्ने शिक्षाको विकास समेत आबुधावीमा देख्न र भोग्न समेत पाइन्छ । नेपाली चेलीहरु क्निररुपमा आबुधावी एरपोर्टमा काम गरीराखेका हुन्छ । कुनै कुनै नेपाली महिलाहरु फान्इनान्स, एजेन्सीहरुमा समेत काम गरिराखेको देख्न पाइन्छ । कामदारको लागि सुरक्षाको लागि विभिन्न संघसंस्थाहरु छन् । आबुधावीमा नेपालको एम्बीसी छ । त्यहाँ गएर पनि नेपाली कामदारले सहयोग पाउँने र लिने गरेका छन् । भाषा समस्या पर्ने हुँदा अंग्रजी राम्रो सिकेर जानुपर्ने हुन्छ । हतपत्त भिषा लाग्न दुबईमा गाह्रो छ भन्ने सबैलाई थाहाँ छ । लगानी धेरै गर्नुपर्ने हुँदा राम्रो सँग काम बारे तालिम लिएर मात्र आबुधावी प्रवेश गर्नुपर्छ । आबुधावी कार्यरत आफ्ना नातेदार साथीसंगीहरुको नम्बर टिपेर राख्नुपर्छ । यताउता अफ्ठेरोमा पर्दा फोन गर्नुपर्छ । एक अर्कामा सम्पर्कमा रहनुपर्छ ।

आबुधावी जति सुन्दर विकसित र आकर्षण छ त्यति कठिन छ । कुनै गल्ती भयो भने त्यहाँको प्रशासनले छोड्दैन । प्रशासनको रुल निकै कडा छ । त्यसैले आबुधावी युनाईट अरब ईमिरेटेसको छुट्टै स्टिेट भए पनि यहाँ रुल नियमको बारेमा जानकार हुनु पर्दछ । काम गर्ने समय तोकिएको हुन्छ । ठिक समयमा काम गर्नुपर्दछ । धेरै काम ओभर टाईम गरेर पनि पैसा कमाउँन सकिन्छ ।

आबुधावीमा सबैभन्दा फिलिपिन्सी, भियतनामी, नाईजिरियन, भारत, बंगालादेश, पाकिस्तान, कोरिया, चाईनिज युगान्डा, नेपाल आदि देशका महिला पुरुष काम गरिरहेका छन् भने । जोर्डन, साउदी अरब, कतार, कुवेतका अरबी नागरिकहरु आएर आबुधावी बसोबास गर्छन् । उनीहरु विशेष गरी शिक्षा र रोजगारीको लागि आबुधावी आएर सरकारी कामकाजमा काम गर्छन् । उनीहरु मुल रुपमा अरबी नै हुन्छन् । आबुधावीमा कामदारको रुपमा कुनै समस्या छैन समस्या भएपनि सबैले सहयोग गर्ने गर्छन् । पुरुषलाई भन्दा महिलालाई बढी सुरक्षा र काम अवसर आबुधावी मा छ । त्यही भएर पनि आबुधावी विश्वकै सुन्दर शहरको रुपमा परिचित छ । आबुधावी अहिले नेपाली युवा वर्गको मुख्य आकर्षणको रुपमा समेत रहेको देख्न सकिन्छ ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित