Home | About Us | Contact

अपरिचित दाईको दुबई बाट नेपाल सरकार प्रती अपिल ! खास कारण यस्तो छ

सर्बप्रथम त हार्दिक श्रद्धाञ्जली,
अपरिचित दाईको दुबई बाट चिठ्ठा

महोदय,
नेपाल सरकार,प्रधानमन्त्री ज्यु,रास्ट्रपति ज्यु,शिक्षा मन्त्री ज्यु स्वास्थ मन्त्री ज्यु, लगायत विभिन्न संघ सस्था तथा ठुला-ठुला पदमा आबद्ध रहनु भएका सम्पुर्ण ब्यक्तीत्वहरु,जानजनती उत्पीडन सम्बन्धि संघ सस्थाहरु,दलित संघ सस्था तथा महिला संघ सस्था कर्मिहरु,नेपाल शिक्षा क्षेत्रमा ठुलो पद ग्रहण गर्दै बस्नु भएका सम्पुर्ण शिक्षण बिदहरु,नेपाल सरकारको सम्पुर्ण मान्यता प्राप्त संघ सस्थाहरु लगायत ठुला साना सम्पुर्ण आ-आफ्नै क्षेत्रमा बिशिस्ट योगदान दिई जन्ताको सेवा गर्दै आउनु भएका संघ सस्था प्रती दश औला जोडि म बुद्ध राज थिङ्ग को दुबई बाट नमस्कार टक्क्राउन चाहान्छु।

हुन त मैले यस विषयमा बोलिरहनु केही थिएन तर घटनाको वास्तविकता,घटनाक्रमलाई हेर्दा,एउटा जिम्मेवार ब्यक्तिले यसरी निर्मम तरिकाले सार्बजनिक स्थलमै एउटी निर्दोष महिला माथी दुव्र्यवहार गरि हत्या भएको सुन्न पाउँदा कता कता बाट यो विर गोर्खाली छोराको तातो रगत तातिएर आउछ।हुन त मैले केही गर्न सक्ने त होईन भए पनि जनचेतनाको लागि एउटा सानो पत्र कोर्दैछु।
यो घटनाले ६/७ महिना अगाडि सामाजिक सन्जालमा एउटा तरंगनै मच्चाएको थियो।हिरा लामा भन्नेलाई कडा भन्दा कडा हदै सम्मको सजाय होस।जब लक्ष्मी परियारलाई पशुपतिमा अन्त्येष्टि गर्दै गरेको क्रममा ती छोराहरुको आक्रोश र रोदनले मेरो आँखा बाट आँसु पनि झरेको छ।सायद तपाईंहरु पनि यहि ठाँउमा भए यस्तै भाबुक र आक्रोशमा हुनुहुन्थ्यो होला।तर भाइ आमा त पापी संसारले लगिहाले तर अब तिमिहरुको भबिस्य के होला कता तिर मोडिएल त्यो त तिमिहरुको जीवन चक्र अर्थात भाग्य ले पाउने कुरा हो।सायद घटना हुने बेलामा आमालाई भएको पीडा भन्दा बढी पीडा अहिले तिमिहरु ३ जना दाज्युभाईलाई परेको छ।सुने अनुसार तिम्रो बुबालाई पनि दोषी ठहर गर्दै अहिले प्रहरी हिरासतमै छन रे।

मेरो सुझाव,
भाइ तिमिहरु अहिले सानै छौ के खान्छौ के लाउछौ के गर्छौ त्यो हामिले देखेको छैनौ। थाहा छ अहिले
आमा बिहिनको दुनियाँमा छौ तिमिहरु तर तिमिहरु सधै सकारात्मक बाटो तिर लम्कनु,पढाइलाई निरंतरता दिनु, कुलतमा नफस्नु,सक्छौ भने त्यो हिरा लामाले पढाएको स्कुलमा गएर पढाउन सक्ने बन्नु,प्रगति तिर मात्र तिमिहरुको जीवन अगाडि बढेको देख्न र सुन्न पाम यहि नै म जस्ता दाइहरुलाई खुशीको खबर हुनेछ।तिमिहरुलाई अहिले जस जस्ले सम्हाल्दै हुनुहुन्छ यि भाइ हरुलाई शिक्षा,दिक्षा,अबसर तथा एउटा समाजको सक्षम ब्यक्तित्व बनाउनु होला। सुनेको छु क्षतिपुर्ती बापत १० लाख पाईएका छौ रे यस्मा कसैको पनि गिद्दे नजार नलागियोस।आमाको पिडाले यिनिहरुको दिमाग तथा सोच्ने शक्तिमा केही गडबड वा कमि कमजोरी भए उपचार पनि गरिदिनुहोला।

नेपाल सरकार प्रती हार्दिक अपिल,

नेपाल सरकारको मान्यता प्राप्त विभिन्न संघ सस्थामा आबद्ध रहि सत्य तत्य कर्म तथा बिशिस्ट गरिमाय पद ग्रहण गर्दै आउनु भएका सम्पुर्ण कर्मचारीहरु माझ म के भन्न चाहान्छु भने तपाईंहरुको क्षेत्रबाट सामुहिक,सरकारी तथा निजि संघ सस्था,सरकारी तथा निजि कम्पनीहरु,ब्यक्तिगत तर्फबाट जे जस्तो धेरै थोरै सहयोग स्वारुप मद्दत गर्नुहोला।यदि तपाईंको मन मुटु देखिनै सहयोग गर्न चाहानु हुन्छ भने सम्बन्धित पीडित नब बालकहरु कहाँ सम्म पुर्‍याएर मात्र सहयोग गर्नुहोला किन भने तपाईंको सहयोग रकम कुनै दलालको हातमा नपरोस।ताकी यिनिहरुको जीवन चलाउन र हुर्काउनमा मद्त पुगुन।
हस्त आजलाई यति नै अबिरल आक्रोशले भरिएको मनको बेदना भावनामा अनि गुनासोलाई यहि टुंग्याउछु धन्यवाद,,,,,
बुद्ध राज थिङ्ग
गढी-१ रानीसेरा मकवानपुर
हाल:-दुबई बाट

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित