Home | About Us | Contact

नेपाल औषधी ब्यवसायी संघको रक्तदान कार्यक्रम

समाचारपाटी, पोखरा, ११ असार । नेपाल औषधी ब्यवसायी संघ गण्डकी शाखाको आयोजनामा शनिबार खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ। संस्थाले ४४ औं वार्षिकोत्सबको अबसरमा खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरिको हो ।

कार्यक्रममा प्रमुख अतिथि एवं पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानका उपकुलपति डाक्टर बुद्धी बहादुर थापाले रक्तदाता नेपाल औषधि ब्यवसायी संघ गण्डकी अञ्चल शाखाका उपाध्यक्ष मेघनाथ काफ्लेलाई ब्लडब्याग हस्तान्तरणगरी उद्घाटन गरेका थिए ।

रक्तदान कार्यक्रममा ३४ युनिट रगत संकलन भएको संघका महासचिब कृष्ण पाण्डेले जानकारी दिएका छन्। सो अबसरमा नेपाल औषधी ब्यवसायी संघ गण्डकी शाखाद्धरा खुद्रा ब्यवसायीकोलागि तयार पारिएको मनोदिक औषधीको रेकड पुस्तिकाको प्रमुख अतिथि डा.थापाले बीमोचन गरेका थिए ।

रेकर्ड पुस्तिका गण्डकी अञ्चलमा रहेका औषधी ब्यवसायीलाई मनोदिक औषधीको रेकडकोलागि प्रदानगरिने औषधि ब्यवसायी संघ गण्डकीका अध्याक्ष राम बहादुर केसीले बताए ।

कार्यक्रमको संयोजक संघका सचिव चेतनारायण पाण्डेले गरेका थिए भने सञ्चालन संघका महासचिव कृष्ण पाण्डेले गरेका थिए। कार्यक्रम संघका अध्यक्ष राम बहादुर केसीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित