Home | About Us | Contact

८६ औं समता सांगितिक कार्यक्रम सम्पन्न

समाचारपाटी, पोखरा, १० असार । ८६ औं समता सांगितिक कार्यक्रम सम्पन्न । पोख्रेली युवा सास्कृतिक परिवारद्धारा आयोजित हरेक दुई दुृई महिनाको दोश्रो शनिवार हुने समता सांगितिका कार्यक्रम सम्पन्न भयो ।

बिगत १६ बर्ष देखि नियमित रुपमा हुने समता सांगितिक कार्यक्रममा पोखराका चर्चित गायक गायिकाहरुको पनि प्रस्तुति हुँदै आइरहेको कार्यक्रममा पोखरामा रहेका बिभिन्न संगितालयका प्रशिक्षार्थीहरुको पनि प्रस्तुती रहने गर्छ ।

कार्यक्रममा सहभागि कलाकारहरु सुवास तामाङ्ग, संगिता श्रेष्ठ, सुप्रिया अर्याल, बिजय गुरुङ्ग, केशव सुवेदी, उत्तम गुरुङ्ग, एम.डि. काफ्ले, टिना गुरुङ्ग, पुर्णिमा परियार, समिक्षा गौतम, दिलिप गुरुङ्ग, उषा गुरुङ्ग, राज कुमार परियार, ममता गुरुङ्ग, प्रशान्ति राई मनिषा राना लगायतले आ–आफ्ना उत्कृष्ट गायन प्रस्तुत गरेका थिए ।

बिभिन्न संगितालयका गुरुहरु नवराज बराल, बिनित जोजिजु, श्रीमान थुलुङ्ग लगायतले गीत प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि रामभक्त जोजिजुको सुमधुर आवजमा ३ वटा गीत प्रस्तुत गरिएको थियो । हरेक समता सांगितिक कार्यक्रमा प्रमुख गायकको रुपमा ख्याति प्राप्त गायकहरुलाई निमन्त्रण गरि तिन तिन वटा गीतहरु प्रस्तुत गरिने भएको छ ।

उक्त कार्यक्रम पोख्रेली युवा सांस्कृतिक परिवारका संगित संयोजक तथा संगीतकार श्रीमान थुलुङ्गको सभापतित्वमा सह–सचिव सन्तोष बस्यालले कार्यक्रम सञ्चालन गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित