Home | About Us | Contact

पास्कल एकेडेमीमा बधाई तथा सम्मान कार्यक्रम सम्पन्न ।

समाचारपाटी, पोखरा, ६ असार । पोखरा मा.वि. का सञ्चालकहरुद्वारा प्रवद्र्धन गरिएको पास्कल एकेडेमीमा २०७३ को see परीक्षामा सफल हुने विद्यार्थीहरुलाई बधाई तथा सम्मान कार्यक्रम मंगलबार सम्पन्न भयो । कार्यक्रममा माउण्ट भ्याली कलेजका बगरका क्याम्पस प्रमुख श्री होमनाथ पौडेल, विद्यालयका प्रिन्सिपल नीलकण्ठ आचार्य, नेपाली विषयका विभागीय प्रमुख ज्ञानेश्वर सुवेदीले सफलीकृत विद्यार्थीलाई हार्दिक बधाई तथा समुज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा विद्यार्थी आफ्नो क्षमता र रुचि अनुसार विषय छनोट गरी आफूले अध्ययन गरेको विषयमा विशिष्ट ज्ञान हासिल गर्नुपर्ने व्यक्त गरे । उक्त कार्यक्रममा छात्रा एलिसा कार्कीले विद्यालय परिवार प्रति कृतज्ञ बन्दै आफूले प्राप्त गरेका ज्ञानहरुलाई व्यवहारमा उतार्ने बताइन् । उक्त सम्मान तथा बधाई कार्यक्रममा विद्यालयका सामाजिक विषयका विभागीय प्रमुख श्री सेतु प्रसाद भट्टराई लगायत सम्पूर्ण शिक्षक शिक्षिकाले बधाई ज्ञापन गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित