Home | About Us | Contact

रेन्वो एकेडेमी होम्सद्धारा एसइईमा उर्तीण विद्यार्थीलाई बधाई

समाचारपाटी, पोखरा, असार ६ । रेन्वो एकेडेमी होम्स माविमा पोखरा–१५ कोलपाटनले माध्यमिक शिक्षा परिक्षा (एसइई)–२०७३ मा उर्तीण हुने विद्यार्थीलाई मंगलवार बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ ।

कुल ७६ जना सहभागिमध्य ‘ए’ प्लससहित सबै विद्यार्थी उर्तीण भएका प्राचार्य बाबुराम बरालले जानकारी दिनुभयो । विद्यालयका निर्देशक श्रीकृष्ण अधिकारीले विद्यार्थीको रुचि फरक फरक हुने भएकाले रोजेको विषयमा ध्यान दिएर अध्ययन गरेमा सफलता प्राप्त गर्न सकिने बताउनुभयो ।

अभिभावकको तर्फबाट खेम थापाले विद्यालयले शिक्षाको क्षेत्रमा अतुलनीय योगदान पुर्याएको उल्लेख गर्नुभयो । विद्यार्थीको तर्फबाट समीन गुरुङले अध्ययनशिल भएको खण्डमा कुनै पनि क्षेत्रमा विचलित हुन नपर्ने बताउनुभयो ।

कार्यक्रममा दश जोड दुई संयोजक रमेश खड्काले कक्षा ११ को विषय छनौटवारे प्रष्ट पार्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सहायक प्राचार्य खेम ढकालले गर्नुभएको कार्यक्रम संयोजक रुद्रप्रसाद पौडेलले जानकारी दिनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शुशिलराज पराजुलीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित