Home | About Us | Contact

आजको राशिफल २०७४ असार ६ गते मंगलबार , Today’s Horoscope, June 20


बि.स.२०७४ आषाड ०६ गते । मंगलबार । ईश्वी सन् २०१७ जुन २० तारिख । नेपाल सम्बत् १९३७ । साधारण संवत्सर । उत्तरयण । ग्रीष्म ऋतु । श्रीशाके १९३९ । आषाड कृष्ण पक्ष । तिथि एकादशी । नक्षत्र अश्विनि ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) शुभ तथा मांगलिक सभा समारोहमा सहभागि भई मिष्टान्न भोजनका साथ रम्न सकिनेछ । समयमा कामहरु सम्पन्न हुने तथा अरुको काम गरि नाम तथा दाम दुवै कमाउँन सकिनेछ । व्यापार व्यावसायमा प्रसस्त नाफा कमाउँन सकिनेछ भने थप लगानि गर्ने बाताबरण बन्नेछ । माया प्रेममा आफ्नो मान्छेलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रशन्न हुनेछ । राजनिति तथा समाजसेवामा सर्वसाधारणहरुले खुलेरै समर्थन गर्ने हुँदा मन प्रशन्न रहनेछ भने समयमा कामहरु सम्पन्न हुँने हुँदा मान सम्मान तथा पद प्रतिष्ठा प्राप्त हुँने ग्रहयोग रहेकोछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) न्यून पारिश्रमिकमा दिनभर समय ब्यातित गर्नुपर्दा अन्य काममा समय दिन सकिने छैन । लामो दुरिको बैदेशिक यात्राको तय हुँनेछ भने बिदेशि सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । स्वास्थ्य सम्बन्धि सामान्य समस्या देखापर्न सक्ने तथा उपचार खर्च बढ्ने योग रहेको छ । काम गर्दा साबधानि अपनाउँनुहोला खराब ब्याक्तिको बिश्वास गर्नाले दण्ड तथा जरिवाना तिर्नुपर्नेछ । पढाई लेखाईमा मन नजाने हुँनाले अरु भन्दा पछि परिनेछ भने माया प्रेममा एक अर्काबिच बैमनस्यता बढ्नेछ । घर भित्रकै मानिसहरुबाट धोका हुँने सम्भावना रहेकोले सचेत रहनुहोला ।

मिथुन (का,की,कू ,घ, ङ, छ ,के,को, हा) पढाई लेखाईमा सुधार हुँने हुनाले अरु भन्दा अगाडि बढ्न सकिनेछ । ईच्चा आकांक्षा तथा मनोकामना पुरा हुने समय रहेको छ । सरकारि धन तथा पैत्रिक धन सम्पति हात लागि हुँने सम्भावना रहेको छ । व्यापार व्यावसायमा लगानि गरि आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ । दाजुभाईले तपाईको काममा सहयोग गर्ने हुँनाले ठुला तथा उपलब्धिमुलक काम गर्न सकिनेछ । मानव निर्मित तथा भौतिक साधनहरु प्राप्तीको योग रहेकोछ । साना तिना समस्या देखिएपनि लगनशिल भएर लाग्नाले सफलताको शिखर चुम्ने ग्रहयोग रहेकोछ ।
कर्कट (ही, हू ,हे, हो, डा, डी, डु, डे, डो) माया प्रेममा एक अर्काको साथ रहने हुँनाले मन प्रशन्न हुँनेछ । सत्रु परास्त हुनेछने भने बिद्या तथा प्रतिश्पर्धामा तपाईकै नाम आउँनेछ । नयाँ नयाँ कामको प्रस्ताब आउँनेछ भने नोकरिमा पदोन्नति हुँनेछ । उत्पादनमुलक क्षेत्रमा लगानि गरि प्रसस्त रुपैया पैसा कमाउँने योग रहेको छ । व्यापार व्यावसायमा भने जस्तो नाफा कमाउँन सकिनेछ । छोटो समयमा नाम तथा दाम कमाउँन सकिने हुँदा घर परिवारमा खुसियालि छाउँनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ । राजनिति तथा समाजसेवामा समय दिनेहरुले जनताको गतिलो समर्थन प्राप्त गर्नेछन् ।
सिहं (मा, मी, मू ,मे,मो, टा, टी, टू ,टे) प्रशासनिक क्षेत्रमा तपाईको बर्चश्व रहनेछ भने सामाजिक उत्तरदायित्व बहन गर्ने समय रहेकोछ । धार्मिक प्रतिष्ठान तथा मन्दिरतिरको यात्रा गरि टिका तथा प्रसाद ग्रहण गर्ने अवसर जुर्नेछ । साथिभाई तथा आफन्तको सहयोगमा नयाँ योजना बनाई कार्यान्वयनको चरणमा लान सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा राम्रो प्रगति हुँने योग रहेकोछ । लामो दुरिको शैक्षिक तथा धार्मिक यात्राको प्रवला सम्भावना रहेकोछ ।  भाग्यले साथ दिने हुँदा थोरै लगानिबाट पनि प्रशस्त रुपैया पैसा कमाउँन सकिने तथा आर्थिक रुपमा सबल हुँने ग्रहयोग रहेकोछ ।
कन्या (टो,पा,पी,पू ,ष,ण,ठ,पे,पो) दिनभर व्यास्त भएपनि न्यून पारिश्रमिकमा चित्त बुझाउँनु पर्दा मन खिन्न हुँनेछ । व्यापार व्यावसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेको छ भने आम्दानिका स्रोतहरु साघुरिनेछन् । माया प्रेममा धोका हुनेछ भने पति दाम्पत्य जीवनमा घटपट आउँनेछ । खानपिन तथा बाहिरि बाताबरणको ख्याल गर्नुहोला सामान्य स्वास्थमा समस्या आई उपचार खर्च बढेर जानेछ । पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिने चिन्ताले सताउँनेछ । सवारि साधनको प्रयोग गर्दा वा चलाउँदा ध्यान दिनुहोला अप्रिय घटना नघट्ला भन्न सकिन्न ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते¬) अध्ययन अध्यापनमा अरुलाई पछि पार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । स्वास्थ्य आफ्नै काबुमा रहने हुँनाले नयाँ नयाँ काम गर्ने जोस जागर बढेर आउँनेछ । व्यापार व्यावसायबाट मनग्गे नाफा कमाउँन सकिनेछ भने लामो दुरिको यात्राको तय गर्न सकिनेछ ।  दाम्पत्य जीवनमा एक अर्कालाई सहयोग गर्दै अगि बढ्न सकिनेछ भने माया प्रेम गर्नेहरुले आफ्नो मन परेको मान्छेसँग बसेर समय ब्यातित गर्दा खुसि भएको महशुस गर्नेछन् । राज्यपक्षबाट पद पाईने ग्रहयोग रहेकोछ भने समाजको पक्षमा काम गर्न सक्दा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) प्रतिष्पर्धामा प्रतिश्पर्धिको मनोबल गिराउँदै सकारात्मक उपलब्धि हात पार्न सकिनेछ । पुराना स्वास्थ्य सम्बन्धि समस्या हल भएर जाने तथा पुराना लेनदेनका मुद्दाहरु किनारा लाग्नेछन् । अध्ययन अध्यापनमा सुधार हुनुको साथै पुरस्कार जित्न सकिनेछ । व्यापार व्यावसायमा लगानि बढाई आम्दानिका स्रोतहरु बढाउँदै लान सकिनेछ । ईष्टमित्र तथा आफन्तका साथ रमाईलो यात्राको अवसर जुर्ने तथा मिठा मिठा परिकार ग्रहण गर्दै दिन कटाउँन सकिनेछ । अदालति निर्णयहरु तपाईकै पक्षमा आउँने तथा सत्रु परास्त गर्दै अगाडि बढ्न सकिनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) आकस्मिक धन तथा सम्पति लाभ हुने योग रहेको छ भने आफुले मन पराएको मानिसबाट उपाहार प्राप्त हुँने हुँनाले मन प्रशन्न रहनेछ । व्यापार व्यावसायमा लगानि गरि सोचेजस्तो आम्दानि गर्न सकिनेछ । पढाई लेखाई अन्य दिन भन्दा सुधार हुने हुँनाले आफन्त हरु खुसि हुनेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ भने परिवार तथा आत्मिय मित्रमा साथ रमाईलो यात्रा हुँनेछ । सबैको सहयोग पाईने हुँनाले काम गर्न जोस जागर आउँनेछ । सामाजिक काममा दिन बित्ने हुँदा मन प्रशन्न रहनेछ भने सबैले तपाईको क्षमताको कदर गर्नेछन् ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी¬) सवारि साधनको व्यापार व्यावसाय सुरु गर्दा भनेजस्तो नाफा कमाउन सकिनेछ । अध्ययन तथा अध्यापनमा सफलता प्राप्त गर्न अलि बढिनै मेहनेत गर्नु पर्नेछ । आमा तथा आफन्तबाट भनेजस्तो सल्लाह तथा सुझाब पाईने हुँनाले सुधारात्मक काम गर्न सहयोग हुँनेछ । कृषि तथा पशुपालन व्यावसायबाट राम्रो आम्दानि हुँनेछ । समाजिक काममा समय दिनु पर्नेछ भने तपाईको काम देखि सबै खुसि हुनेछन् । राजनिति तथा समाजसेवामा समय लगानि गर्नेहरुले सर्बसाधारण सँग सन्तुतिल व्यबहार गर्नुहोला काम बिग्रने हुँदा मान सम्मानमा कमि हुँनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) पराक्रम बढेर जानेछ भने उद्योग तथा व्यावसायमा लगानि बढाई भनेजस्तो नाफा कमाउँन सकिनेछ । दाजुभाई तथा अन्य ईष्टमित्रबाट सहायोग हुने हुँदा मन खुसि रहनेछ । छोटो दुरिको रमाईलो यात्राको तय गर्न सकिनेछ । माया प्रेमको गाठो कसिलो हुँनुको साथै दाम्पत्य जीवनमा खुसियालि छाउँनेछ । बनभोज तथा यस्तै समारोहमा जमघट भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुँनेछ । छोटो तथा रमाईलो व्यावसायिक यात्राको तय गर्न सकिनेछ भने न्यायलयबाट हुँने न्यायिक निर्णयहरु तपाईकै पक्षमा फैसला हुँने हुँदा मन प्रशन्न हुँनेछ ।
मीन (दी दू थ झ ञ दे दो चा ची) व्यापार व्यावसायमा लगानि बढाई प्रशस्त आम्दानि गर्न सकिनेछ । बोलिको प्रभाव बढ्ने हुँदा बोलेकै भरमा कामहरु सम्पादन हुँनेछन् । कुटुम्बसँगको सम्बन्धमा सुमधुरता आउँनेछ । आफन्तबाट भनेजस्तो सहायोग पाईने हुँदा काम गर्न सहज हुँनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा खर्चियको समयबाट सकारात्मक नतिजा आउँने हुँनाले मन प्रशन्न हुँनेछ भने अध्यन तथा अध्यापनको क्षेत्रमा अरुभन्दा अगाडि बढि नतिजा आफ्नो पक्षमा पार्न सकिनेछ । पछि सम्म आम्दानि हुँने व्यावसायमा लगानि बढाउन सकिनेछ । पारिवारका साथ रहेर मिष्टान्न भोजन गर्ने अवसर मिल्नेछ ।

तपाईको दिन शुभ रहोस ।

ज्योतिषि तारानाथ उपाध्याय
ज्योतिष परामर्ष सेवा केन्द्र 
काठमाडौ नेपाल 
फोन नं.९७४१०६८९६२

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित