Home | About Us | Contact

फेवातालमा खसेर प्याराग्लाडिङ पाइलटको ज्यान गयो

PHOTO : COSMIC TREKKING

समाचारपाटी, पोखरा, ५ असार । प्याराग्लाइडिङ उडानको क्रममा फेवातालमा खसेर एक जना प्याराग्लाडिङ पाइलटको ज्यान गएको छ । सोमबार सेफ्टी कोर्षमा सहभागि हुने क्रममा पाइलट प्रभात सुवेदीको ज्यान गएको प्रहरीले बताएको छ ।

ब्लु स्काई फ्लाईङ स्कुल मार्फत तीन दिने सेफ्टी कोर्षमा सहभागी उनको अन्तिम दिनको अन्तिम उडानमा ज्यान गएको हो । पोखरा लेखनाथ ३३ का २७ बर्षीय सुवेदी बाबा फ्लाईङ स्कुलमा प्याराग्लाईडिङ प्रशिक्षण पुरा गरी सोही स्कुलको सिफारिसको आधारमा ब्लु स्काई फ्लाईङ स्कुलमा प्रशिक्षण लिदै आएका थिए ।

तालमा खसेपछि सुबेदीलाई तत्काल उद्धार गरी मेट्रोसिटी अस्पताल ल्याइएको थियो । अस्पताल ल्याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । उनको शव पश्चिमाञ्चल अस्पतालमा राखिएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित