Home | About Us | Contact

पश्चिम क्षेत्रअन्तर्गत घटेका घटना तथा प्रहरी गतिविधिहरु

समाचारपाटी, पोखरा, जेठ ।

 बृहत  सुरक्षा गोष्ठी :
बुटवलआशन्न स्थानीय तह दोस्रो चरणको निर्वाचनलाई मध्यनजर गर्दै पश्चिम क्षेत्र अन्तर्गत ५ न. प्रदेशको लुम्बिनी अंचलका स्थानीय तहको निर्वाचन त्रुटीरहित ढंगवाट सम्पन्न गर्न निर्वाचनसंग सम्बन्धीत विभिन्न विषयमा अन्तरक्रिया गरी निर्वाचन विशेष सुरक्षा रणनीति तय गर्ने उदेश्यले यही असार ५ गते रुपन्देहीको बुटवलमा बृहत  सुरक्षा गोष्ठी सम्पन्न भएको छ ।

नेपाल सरकारका उप-प्रधान तथा गृहमन्त्री जनार्दन शर्माको प्रमुख आतिथ्यता तथा गृह मन्त्रालयका सचिव लोकदर्शन रेग्मीको अध्यक्षतामा सम्पन्न भएको उक्त गोष्ठीमा पश्चिमाञ्चल क्षेत्रीय प्रशासक बेगेन्द्र राज शर्मा पौडेल,नेपाल प्रहरीका संगठन प्रमुख प्रहरी महानिरीक्षक प्रकाश अर्याल, शसस्त्र प्रहरी महानिरीक्षक सिंह बहादुर श्रेष्ठ, राष्ट्रिय अनुसन्धान विभाग प्रमुख दिलिपराज रेग्मी, निर्वाचन आयोगका आयुक्त सुदिप कुमार शाह, नेपाल सरकार गृहमन्त्रालय शुरक्षा महासाखाका प्रमुख दिपक काफ्ले लगायत विशिष्ठ व्यक्तिहरुको सहभागिता रहेको थियो ।

उक्त गोष्ठीमा पश्चिम क्षेत्र अन्तर्गत लुम्बिनी अंचलका ६ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले निर्वाचन सम्पन्न गर्नका लागी जिल्लाहरुमा देखा परेका विभिन्न चुनौतीहरु, मतदान केन्द्र, मतदाताहरुको व्यवस्थापन, भौगोलिक स्थिति, उमेदवार, निर्वाचनमा खटिने कर्मचारीको सुरक्षा साथै आवस्यक श्रोत साधनहरु लगायतका विषयवस्तुहरुमा तयार पारीएको सुरक्षा योजना प्रस्तुत गर्नुभएको थियो । गोष्ठीका अवसरमा सञ्चारकर्मिका जिज्ञासाहरु माथी प्रकाश पार्दै कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल सरकारका उप-प्रधान तथा गृहमन्त्री जनार्दन शर्माले दोस्रो चरणको निर्वाचन पनि तोकीएकै समयमा भयरहित तथा विश्वसनिय ढंगवाट सम्पन्न हुने कुरामा विश्वस्त रहन आग्रह गर्नु भएको थियो ।

साथै कार्यक्रमका अध्यक्ष तथा नेपाल सरकार गृह मन्त्रालयका सचिव लोकदर्शन रेग्मीले आशन्न स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न सुरक्षा रणनीति तय गर्ने उदेश्यले आयोजित उक्त क्षेत्रीय सुरक्षा गोष्ठीले सरोकारवाला निकायहरुलाई निर्वाचन सम्पन्न गर्नका लागी एक मार्गदर्शन प्रदान गर्ने कुरामा आफू विश्वस्त रहेको कुरा बताउनु भएको थियो ।  साथै उक्त सुरक्षा गोष्ठीमा सुरक्षा निकायका क्षेत्रीय प्रमुखहरु, अञ्चल प्रमुख,  लुम्बिनी अंचलका ६ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी साथै जिल्ला स्थित सबै सुरक्षा निकायका प्रमुखहरुको पनि सहभागिता रहेको थियो ।

म्याग्दी: खोलाले बगाएकी बालिकाको सफल उद्धार
मिति २०७४/०३/५ गते अन्दाजि ११:३० बजेको समयमा म्याग्दी जिल्ला बेनि न.पा.७ खुल्ला मञ्चको छेउ नजिक म्याग्दी खोलाको किनारमा खेल्ने क्रममा धवलागिरी गाउपालिका ०३ मुना घरभई  हाल बेनि न.पा.०२ हाडेभिर स्थित डेरा गरी बस्ने बल बहादुर रसाईलि को छोरी वर्ष १० की ममिता रसाईलीको चप्पल खोलाले बगाई सोहि चप्पल छोप्न जाने क्रममा निजलाई म्याग्दी खोलाले बगाई लगेको छ भन्ने खबर प्राप्त हुनासाथ तत्काल प्रहरी  टोली खटिई गई स्थानियको सहयोगमा करिब ५०० मिटर तलबाट सकुसल उद्दार गरी जिल्ला अस्पताल म्याग्दीमा उपचार  भईरहेको छ ।

गुल्मी: सवारी दुर्घटनामा १० जना घाईते
मिति २०७४/०३/०४ गते अन्दाजी २३३० बजेको समयमा गुल्मी जिल्ला सत्यबती गाँउपालीका वडा नं ३ लुम्पेक कुर भन्ने ठाउँमा  जोहाङ्बाट लुम्पेक तर्फ गईरहेको लु १ ज १७३५ नम्बरको जिप अचानक ब्रेक फेल भई   बाटोबाट ८ मिटर तल खसी दुर्घटना हुँदा १० जना घाईते  भई लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा पठाईएको छ । घटनास्थलमा प्रहरी  टोली खटि गई चालकको खोजि गरिरहेको छ ।पाल्पा स् बिषादी सेवनबाट बेहोसमिति २०७४/०३/०४ गते अन्दाजी २२:३० बजेको समयमा पाल्पा जिल्ला तानसेन नगरपालिका १४ अर्गेली बस्ने वर्ष २७ कि सुमीत्रा बि.क.ले बारिमा छर्ने बिषादि सेवन गरि बिरामि भएकोले उपचारको लागी निजको श्रिमानले युनाईटेड मिशन अस्पताल तानसेन पाल्पा ल्याएको र घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

कपिलवस्तु: मृत अवस्थामा फेला
मिति २०७४/०३/०४ गते अन्दाजी २२:०० बजेको समयमा कपिलवस्तु जिल्ला शिबराज नगरपालिका ११ भदौखर्क बस्ने सन्तराम रैदासको श्रीमति वर्ष ५० कि कल्पि रैदाश आफ्नै घरमा मृत अवस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ तत्काल प्रहरी टोलि  खटि गइ घटनाका बिषयमा  थप अनुसन्धान गरिरहेको छ ।

म्याग्दी: हामफालि बेपत्ता
मिति २०७४/०३/०४ गते राति अन्दाजी २३:३० बजेको समयमा म्याग्दी जिल्ला मंगला गाउपालिका ०५ अर्मन पिपलबोट बस्ने वर्ष अन्दाजी ६०/६५ को हरी प्रसाद सापकोटा आफ्नै घरबाट खेतमा पानि लगाउछु भनि निस्केको र केही समय सम्म घरमा नफर्केकोले निजकै छोरा दिपक सापकोटा र नाति खोजतलास गर्दै जादा म्याग्दी खोलामा रहेको झोलुङगे पुलबाट खोलामा हाम फालि बेपत्ता भएको भनि खबर प्राप्त हुनासाथ तत्काल प्रहरी टोली खटि गई स्थानिय बासिन्दाको सहयोगमा खोजिकार्य भईरहेको छ ।

कपिलवस्तु: सवारी दुर्घटनामा २ जना घाईते
मिति २०७४/०३/०४ गते अन्दाजी २२:३५ बजेको समयमा कपिलवस्तु जिल्ला कपिलवस्तु नगरपालिका ४ गौढि चोक नजिकै उत्तरबाट आउदै गरेको लु २३ प ७२७९ नं. को मोटरसाईकलको ठक्करबाट पैदल यात्रि रुपन्देहि जिल्ला कोटियामाई गाउँपालिका १ बस्ने वर्ष ७ को प्रेम मौरया र मोटरसाईकल चालक कपिलवस्तु नगरपालिका १ का वर्ष ३९  को अनिल कशौधन समेत घाईते भएका छन ।

घाईतेहरुको जिल्ला अस्पताल तौलिहवामा सामान्य उपचार पश्चात थप उपचारको लागि सिटि अस्पताल भैरहवा पठाइएको छ । घटनास्थलमा प्रहरी टोलि खटि गई मोटरसाईकल नियन्त्रणमा लिएको छ । कास्की: मृत्त अबस्थामा मानिस फेला परेको मिति ०७४/०३/०५ गते १३:४५ बजेको समयमा कास्की जिल्ला पोखरा लेखनाथ महानगरपालिका ३० शिशुवाचोकमा सोही ठाउँका ४० वर्षीय केश बहादुर गुरुङ आफ्नै घर भित्र बेडमा सुतिरहेको अबस्थामा मृत अवस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ  प्रहरी टोलि खटी गई  थप अनुसन्धान गरिरहेको छ ।

नवलपरासी: सवारी दुर्घटनामा २ जना घाईते
मिति २०७४/०३/०५ गते अन्दाजी १४:३० बजेको समयमा नवलपरासी जिल्ला कावासोति नगरपालिका ८ कावासोति बजारमा  पुर्व पश्चिम राजमार्जमा पुर्वबाट पश्चिम तर्फ जादै गरेको लु १ ६ प ४२९ नं. को मोटरसाईकलले रिक्सालाई ठक्कर दिदा रिक्सामा सवार बारा जिल्ला बटेवाका ५० वर्षीय टईट पासाङ्ग र मोटेसाइकल चालक नवलपरासी जिल्ला मध्यविन्दु नगरपालिका ६ का ४२ वर्षीय हिरा लाल थारु घाईते भई उपचारको लागि भरतपुर तर्फ पठाईएको  र घटनास्थलमा प्रहरी टोलि खटि गएको छ ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित