Home | About Us | Contact

लन्डनमा फेरि अर्को आतंकवादी हमला, एकको मृत्यु

उत्तरी लन्डनमा अवस्थित एक मस्जिदनजिकै सोमबार बिहान अर्को आतंकवादी हमला भएको छ। मस्जिदमा प्रार्थनापछि घर जान बाहिर निस्केका व्यक्तिहरुलाई लक्षित गरेर यो आक्रमण भएको एक मुस्लिम नेताले जानकारी दिएका छन् । एकजना सवारी चालकले आफ्नो भ्यान लगेर पदयात्रीलाई ठोकाएका थिए ।

उक्त व्यक्तिले पैदलयात्रीलाई ठक्कर दिई भूईमा ढलेका व्यक्तिमाथिबाटै सो भ्यान कुदाएका थिए। त्यस आक्रमणमा परी एक व्यक्तिको मृत्यु हुनुको साथै अन्य दश घाइते भएका लन्डन प्रहरीले सोमबार जानकारी दिएको छ ।

यस घटनालाई आतंकारी हमलाको रुपमा हेरिएकोले अधिकारीहरुले अनुसन्धान सुरु गरिसकेको जनाएका छन् । भ्यान चालक ४८ वर्षीय व्यक्तिलाई सो सडकमा रहेका सर्वसाधारणले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाइदिएका थिए।

लन्डनका मेयर सादिक खानले यस आक्रमणलाई मुस्लिमका विरुद्धको नियोजित हमलाको संज्ञा दिएका छन् । उनले भनेका छन्– लन्डनमा यस्तो प्रकृतिको मुस्लिम विरुद्धको हमला केही समययतादेखि हुने गरेको छ, सोमबारको हमला पनि यस्तै प्रकृतिको हो ।

प्रधानमन्त्री टेरेसा मेले यस विषयमा आवश्यक छलफलका लागि भन्दै सोमबारै अबेरतिर मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएकी छिन्।

यसअघि लन्डनमा इस्लामिक आतंककारी समूहआवद्ध समूहका तर्फबाट जिम्मेवारी लिइएका दुईवटा आक्रमण भएका छन् । यस घटनाको जिम्मेवारी कसैले लिएको छैन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित