Home | About Us | Contact

मलेसियामा २ नेपाली युवाको मृत्यु

समाचारपाटि ५ आषाढ, मलेसियामा कार्यरत एक नेपालीको गएराति सुतेकै अवस्थामा निधन भएको छ ।

बैदेशिक रोजगारीका क्रममा यहाँको एक कम्पनीमा कार्यरत महेन्द्रनगर-७ कञ्चनपुरका डबलबहादुर बोहराको सुतेकै अवस्थामा मृत्यु भएको उनका साथी ज्ञानेन्द्र बुंगलीले जानकारी दिएका छन् ।

सुदूरपश्चिम सेवा समाज मलेसियाका केन्द्रीय सदस्यसमेत रहेका बोहराको आफ्नै ओछ्याउनमा सुतेकै अवस्थामा मृत्यु भएको हो ।

त्यस्तै, पाखापानी-७ म्याग्दी घर भई मलेसियामा सुरक्षा गार्डमा कार्यरत ओम बहादुर पुनको आइतबार क्वालालम्पुरको पुडु भन्नेस्थानमा सडक दुर्घटनामा परि मृत्यु भएको छ ।

पुनको घटनास्थलमै मृत्यु भएको अस्पताल स्रोतलाई उद्धृत गर्दै सहकर्मी अर्जुन सुनुवारले कान्तिपुरलाई जानकारी दिए । उनका अनुसार हाल मृतक पुनको शवलाई पोस्टमार्टमका लागि स्थानीय अस्पतालमा राखीएको छ । उनी विगत केही वर्षदेखि सुरक्षा गार्डको रुपमा कार्यरत थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित