Home | About Us | Contact

पौडेललाई पितृ शोक

समाचारपाटि ०५ आषाढ, लक्ष्मी गिरी – हेमजा संचार सहकारी संस्था लिमिटेडका उपाध्यक्ष एवं रेडियो हेमजा ८८.५ मेगाहर्जका प्रबन्ध निर्देशक अर्जुन पौडेललाई पितृ शोक परेको छ ।
पोखरा २५ हेमजा निवासी पौडेलका पिता देविलाल पौडेलको ८५ वर्षको उमेरमा सोमबार राति साढे २ बजे फिस्टेल हस्पिटलमा उपचारको क्रममा निधन भएको हो । पौडेल केही समय अगाडिबाट प्रेसर तथा सुगर रोगका बिरामी हुनुहुन्थ्यो ।
पौडेलका २ श्रीमती,४ छोरा,१ छोरी र नातिनातिनाहरु छन् ।पौडेलले तत्कालिन हेमजा गाँउ पञ्चायत वडा नंं.९का वडा अध्यक्षको जिम्मेवारी पनि सम्हाल्नुभएको थियो ।उहाँ साहित्य क्षेत्रमा रुचि राख्ने, समाजसेवि एवं नेपाली कांग्रेस पोखरा २५ हेमजाका क्रियाशिल सदस्य समेत हुनुहुन्थ्यो । यसैबिच, हेमजा संचार सहकारी संस्था लिमिटेड एवं रेडियो हेमजा ८८.५ मेगाहर्जले शोक बिज्ञप्त जारी गर्दै उपाध्यक्ष एवं प्रबन्ध निर्देशक पौडेलका पिताको निधन भएकोमा गहिरो दुःख व्यक्त गरेको छ ।
त्यस्तै, नेपाली कांग्रेस पोखरा २५ हेमजाले पनि शोक बिज्ञप्ती जारी गर्दै पौडेलको निधनले एक सच्चा ईमान्दार पार्टी कार्यकर्ता एवं अभिभावक गुमाएको भन्दै मृत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तब्ध परिवारमा धैर्य धारण गर्ने शक्ति मिलोस भन्ने कामना समेत गरेको छ । नेपाली कांग्रेसका नेताद्धय सोभित बहादुर अधिकारी र रामचन्द्र त्रिपाठीले पार्थिव शरिरमा पार्टीको झण्डा ओढाउनु भएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित