Home | About Us | Contact

आजको राशिफल २०७४ असार ५ गते सोमबार , Today’s Horoscope, June 19


बि.स.२०७४ आषाड ०५ गते । सोमबार । ईश्वी सन् २०१७ जुन १९ तारिख । नेपाल सम्बत् १९३७ । साधारण संवत्सर । उत्तरयण । ग्रीष्म ऋतु । श्रीशाके १९३९ । आषाड कृष्ण पक्ष । तिथि दशमी,३८ घडि ०८ पला,बेलुका १० बजेर २५ मिनेट उप्रान्त एकादशी । नक्षत्र रेवति २० घडि १९ पला, दिउँसो १३ बजेर २१ मिनेट उप्रान्त अश्विनि ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) बैदेशिक यात्राको तय हुनेछ भने बिदेशि सामान तथा रुपैया पैसा हातलागी हुने योग रहेको छ । खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आई मेडिकल खर्च बढेर जानेछ । व्यापार व्यावसायमा प्रशस्त समय दिएपनि न्यून नाफा कमाउँन सकिनेछ । मध्यान्हदेखि राम्रा पहिरनमा सजिएर अरुको मन लोभ्याउँन सकिनेछ । सिर्जनात्मक काम गरेर आम्दानिका स्रोत बढाउँन सकिनेछ । पढाई लेखाईमा सुधार गरि नतिजा आफ्नो पक्षमा ल्याउँन सकिनेछ । राजनिति तथा समाजसेवामा समय लगानि गर्नेहरुले सर्बसाधरणको समर्थन पाउँनेछन् ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) नयाँ कामहरु गरेर आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ । दाजुभाई वा अग्रजहरुको सुझाब तथा सल्लाह मानेर अगाडि बढ्दा सफलता पाउँन सकिनेछ । बिद्यामा राम्रो प्रगति हुँने हुँदा पढाई लेखाईमा मन जानेछ । बिभिन्न अवसरहरुले पछ्याउँने हुँदा राम्रा परिणाममुखि काम गर्न सकिनेछ । मध्यान्हपछि लामो दुरिको यात्रा हुँने अधिक सम्भावना रहेकोछ भने बिदेशमा बसेर काम गर्नेहरुले मनग्गे रुपैया कमाउँन सक्नेन् । शरिरमा अल्छिपना तथा आलश्यता बढेर जानेछ । सरकारि काम गर्दा साबधानि अपनाउँनु होला नियम बिनियम नमान्दा फन्दामा परिने तथा दण्ड जरिवाना हुँन सक्छ ।

मिथुन (का,की,कू ,घ, ङ, छ ,के,को, हा) नोकरिमा अप्ठ्यारो परिस्थितिको सामना गर्नुपर्नेछ भने सहयोग गर्ने कमै भेटिनेछन् । पहिले निर्णय भैसकेका मुद्दाहरु आईलाग्ने हुँदा मानशिक तनाब बढ्नेछ । माया प्रेममामा आफ्नो मायालुसँग मनमुटाब बढ्नेछ । मध्यान्हपछिको समय राम्रो रहेकोले पढाई लेखाईमा सुधार हुँने हुनाले अरु भन्दा अगाडि बढ्न सकिनेछ । ईच्चा आकांक्षा तथा मनोकामना पुरा हुने समय रहेको छ । सरकारि धन तथा पैत्रिक धन सम्पति हात लागि हुँने सम्भावना रहेको छ । व्यापार व्यावसायमा लगानि गरि आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ । दाजुभाई तथा आफन्तबाट भने जस्तो सहयोग हुँनेछ ।

कर्कट (ही, हू ,हे, हो, डा, डी, डु, डे, डो) पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिने सम्भावना रहेको छ । साथिभाई तथा आफन्तबाट बिश्वासघात तथा धोका हुँनेछ भने स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ ध्यान दिनुहोला । मध्यान्हपछिको समय राम्रो रहेकोले नयाँ नयाँ कामको प्रस्ताब आउँनेछ भने नोकरिमा पदोन्नति हुँनेछ । सत्रु परास्त हुनेछने भने बिद्या तथा प्रतिश्पर्धामा तपाईकै नाम आउँनेछ । व्यापार व्यावसायमा भने जस्तो नाफा कमाउँन सकिनेछ । छोटो समयमा नाम तथा दाम कमाउँन सकिने हुँदा घर परिवारमा खुसियालि छाउँनेछ । माया प्रेममा सामिप्यता बढेर जाने ग्रहयोग रहेकोछ ।

सिहं (मा, मी, मू ,मे,मो, टा, टी, टू ,टे) व्यास्त भएपनि न्यून पारिश्रमिकमा चित्त बुझाउँनु पर्दा मन खिन्न हुँनेछ । व्यापार व्यावसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेको छ । सामान्य स्वास्थमा समस्या आई उपचार खर्च बढेर जानेछ । सवारि साधनको प्रयोग गर्दा वा चलाउँदा ध्यान दिनुहोला । मध्यान्हपछिको समय उत्तम रहेकोले धार्मिक प्रतिष्ठान तथा मन्दिरतिरको यात्रा गरि टिका तथा प्रसाद ग्रहण गर्ने अवसर जुर्नेछ । साथिभाई तथा आफन्तको सहयोगमा नयाँ योजना बनाई कार्यान्वयनको चरणमा लान सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा राम्रो प्रगति हुँने योग रहेकोछ । लामो दुरिको शैक्षिक तथा धार्मिक यात्राको प्रवला सम्भावना रहेकोछ ।

कन्या (टो,पा,पी,पू ,ष,ण,ठ,पे,पो) अध्ययन अध्यापनमा अरुलाई पछि पार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । स्वास्थ्य आफ्नै काबुमा रहने हुँनाले नयाँ नयाँ काम गर्ने जोस जागर बढेर आउँनेछ । दाम्पत्य जीवनमा एक अर्कालाई सहयोग गर्दै अगि बढ्न सकिनेछ भने माया प्रेम गर्नेहरुले आफ्नो मन परेको मान्छेसँग बसेर समय ब्यातित गर्दा खुसि भएको महशुस गर्नेछन् । मध्यान्हपछिको समय मध्ययम रहेकोले आर्थिक ब्याबस्थापन ज्ञानको कमिले दैनिक कारोबार बिग्रन सक्छ ध्यान दिनहोला । व्यापार व्यावसायमा नाँफा कमाउँन निकैनै समय खर्चनु पर्नेछ । घर परिवारमा बिवाद बढ्ने तथा चेलि माईति बिच मनमुटाब सिर्जना हुँनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते¬) पुराना समस्याहरु बल्झन सक्छ भने वादबिवाद तथा प्रतिश्पर्धामा भाग लिए हारिने सम्भावना रहेको छ । अध्ययान अध्यापनमा ध्यान नजादा अरुभन्दा पछि परिनेछ । मामा तथा मावलि पक्षसँग बिवाद बढ्ने योग रहेको छ । सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँनेछ । मध्यान्हपछि समय राम्रो रहेकोले माया प्रममा सामिप्यता बढेर जानेछ भने दाम्पत्य जीवनमा सामान्य बिवाद सिर्जना हुँनेछ । व्यापार व्यावसायमा समय दिनुहोला मनग्गे रुपैया पैसा कमाउँने समय रहेको छ । रमाईलो बाताबरणमा दिन बित्ने तथा अरुकै प्रायोजनमा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुँनेछ । चिठ्ठा तथा उपाहार प्राप्तिको योग रहेको छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) व्यापार लगानि गर्ने वाताबरण छैन त्यसैले व्यावसायमा नाफा कमाउँन निकै समय दिनु पर्नेछ । माया प्रेममा सामान्य खटपट हुनेछ भने दाम्पत्य जीवनको गाठो फुस्कन सक्छ । सन्तान तथा छोराछोरि सँग पनि मनमुटाब बढ्नेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या बढ्न सक्छ । भौतिक सम्पति तथा सवारि साधनको प्रयोग गर्दा ध्यान दिनहोला । मध्यान्हपछि राम्रो रहेकोले बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई किनारा लगाउँदै नतिजा आफैतिर ल्याउँन सकिनेछ । पुरानो रोग तथा समस्याहरु स्वत ठिक भएर जानेछन् । मामा तथा मावलिबाट तपाईको काममा सहयोग हुँनेछ । पढाई लेखाईमा अरुभन्दा अग्र पंतिमा तपाईको नाम आउँनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) चिताएको काममा बाधा हुँने तथा सोचेजस्तो नहुँनाले दैनिक कामगर्न गाह्रो महशुष हुँनेछ । पुराना लेनदेनका समस्याहरु बल्झन सक्छ भने ऋण लाग्ने समय रहेकोछ । मध्यान्हपछिको समय ठिक रहेकोले माया प्रेममा सामिप्यता बढेर जानेछ भने परिवार तथा आत्मिय मित्रमा साथ रमाईलो यात्रा हुँनेछ । भौतिक सम्पति तथा सवारि साधन प्राप्तिको योग रहेको छ । सबैको सहयोग पाईने हुँनाले काम गर्न जोस जागर आउँनेछ । सामाजिक काममा दिन बित्ने हुँदा मन प्रशन्न रहनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने बिद्यार्थीहरुले मेहनेत गरि राम्रो नतिजा हात पार्न सक्नेछन् ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी¬) मनोबल कमजोर हुँने हुँनाले काम गर्न जोस जागर हराएर जानेछ भने पढाई लेखाई तपाई आफ्नै कारणले बिग्रनेहुँदा अरुभन्दा पछि परिनेछ । कामहरु समयमा नसकिने तथा अरुबाट बाधा ब्याबधान हुँने हुँनाले मानशिक तनाब बढ्नेछ । यात्रा गर्दा तथा सवारि चलाउँदा ध्यान दिनुहोला दुर्घटना नहोला भन्न सकिन्न । साथिभाई तथा परिवारकै मानिसबाट असहयोग हँुनेछ । काम गर्दा ध्यान दिनुहोला खुट्टा तान्नेहरु सक्रिय रहनेछन् । व्यावसायमा लगानि नगर्नुहोला आज गरिने व्यावसायबाट घाटा लाग्न सक्छ । प्रेम प्रशङगमा सामान्य मनमुटाव सिर्जना नहोला भन्न सकिन्न ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) पढाई लेखाईमा सोचेजस्तै प्रगति हुँने हुँनाले एक दुई कदम अगाडि बढि अग्रगामि छलाङ मार्न सकिनेछ । व्यापार गर्ने शिलशिलामा यात्रा गर्ने अवसर जुर्नेछ भने यात्राका क्रममा बौद्धिक मानिसहरु सँग भेटघाट हुँने हुँनाले मन प्रशन्न रहनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने दाम्पत्य जीवनमा बिश्वासको बाताबरण अझ बढेर जाने हुँनाले घर परिवारमा घुसियालि छाउँनेछ । दाजुभाई तथा छिमेकिहरु सँगको सम्बन्धमा सुधार भएर जानेछ । पराक्रम बढेर जाने हुँनाले जोसिलो काम गर्ने जागर आउँनेछ । उद्योगमा लगानि बढाई भने जस्तो रुपैया पैसा कमाउँन सकिनेछ ।

मीन (दी दू थ झ ञ दे दो चा ची) समयमा कामहरु सम्पन्न हुने तथा अरुको काम गरि नाम तथा दाम दुवै कमाउँन सकिनेछ । राजनिति तथा समाजसेवामा समय लगानि गर्नेहरुले जनताको गतिलो समर्थन पाउँने हुँदा भावि दिनमा अगाडि बढ्न सहज हुँनेछ । व्यापार व्यावसायमा प्रसस्त नाँफा कमाउँन सकिनेछ भने लगानि गर्ने बाताबरण बनाउँन सकिनेछ । तपाईको व्याक्तित्व देखेर सबैजना मोहित हुँनेछन् । माया प्रेममा आफ्नो मान्छेलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रशन्न हुँनेछ । मिठो बोलेर अरुको मन आफुतिर आकर्षित गर्न सकिनेछ भने परिवारसँग बसेर मिठो खानपानका साथ रमाउँन सकिनेछ ।
तपाईको दिन शुभ रहोस ।

ज्योतिषि तारानाथ उपाध्याय
ज्योतिष परामर्ष सेवा केन्द्र
काठमाडौ नेपाल
फोन नं.९७४१०६८९६२

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित