Home | About Us | Contact

अनुपमद्वारा चारलाई सम्मान, नृत्यको उपाधी सिर्जना बालगृहलाई

समाचारपाटी, पोखरा, ४ असार । अनुपम म्युजिक पोखराले चार जनालाई एक साथ सम्मान गरेको छ । चौथो अनुपम साङ्गीतिक साँझको अवसर पारेर सङ्गीतकार किरण कँडेललाई नगद ८ हजार ८८८ रुपैयाँसहित दोसल्ला र सम्मानपत्र रहेको अनुपम म्युजिक अवार्ड प्रदान गरिएको छ ।

यस्तै, अनुपम सङ्गीत सम्मान गायक विवेक श्रेष्ठ र गीतकार वसन्ती लालचनलाईं प्रदान गरिएको छ भने तीर्थहरि समाजसेवा अवार्ड पाहार ट्रस्ट नेपालका अध्यक्ष चन्द्रबहादुर गुरुङलाई प्रदान गरिएको छ । सम्मानित व्यक्तित्वहरुलाई सम्मान गर्दै सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापाले पोखरा आएर फर्केपछि आफूलाई नयाँ कार्य योजनाको सोच फुर्ने बताउनुभयो । पोखराको सिर्जनशीलताबाट निकै प्रभावित भएको बताउँदै थापाले अनुपमले गरेको कार्यक्रमले नयाँ र स्थापितलाई एक साथ हौसला प्रदान गरेको भनाइ राख्नुभयो ।

कार्यक्रमको प्रबद्र्धक समेत रहेको संस्थानका महाप्रबन्धक थापाले पोखरामा हुने जुनसुकै वाङ्मयिक कार्यमा सहकार्य गर्न आफू तयार रहेको बताउनुभयो । सोही अवसरमा बालगृह सन्जाल कास्कीको समन्वयमा सम्पन्न अन्तर बालगृह एकल नृत्य प्रतियोगितामा ४३ जनालाई पछि पार्दै सिर्जना बालगृहकी कृषा बुढाथोकीले उपाधीसहित नगद १० हजार हात पार्नुभएको छ ।

यस्तै, एस. ओ. एस. बालग्राम गण्डकीकी आरतीमाया गोले र स्टार चिल्ड्रेन होमकी सीमा केसी क्रमश:  दोस्रो र तेस्रो तथा एस. ओ. एस. बहिनी कास्कीकी अमिसा दाहाल र शुभ अवसर बालग्रामकी प्रतिका तामाङ सान्त्वना हुनुभएको थियो ।

संस्थाले दुई सयभन्दा बढी गीत रेकर्डिङ र म्युजिक भिडियो निर्माण गरिसकेको छ भने ११७ ओटा उद्घोषण, भाषणकला र पत्रकारिताको
तालिम सम्पन्न गरेको छ । २०६७ सालमा स्थापित संस्थाले २०७० देखि हरेक वर्ष अनुपम साङ्गीतिक साँझ सञ्चालन गर्दै आएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित