Home | About Us | Contact

नेपाली काँग्रेसका क्रियाशिल सदस्य खवासको निधन

समाचारपाटी, पोखरा, ४ असार । पोखरा लेखनाथ महानगरपालिका वडा नं. ९ निवासी नेपाली काँग्रेसका क्रियाशिल सदस्य समाजसेवी खेमबहादुर खवासको आईतबार निधन भएको छ ।

पोखरा ९ का नवनिर्वाचित वडा सदस्य सुरेश खवासका माईला दाजु खवासको आईतबार नै सेतिनदिस्थित तुलसीघाटमा अन्तिम दाहसंस्कार गरियो । उनको पार्थिव शरिरमा नेपाली काँग्रेस कास्कीका सचिव तथा वडा नं. ९ का वडा अध्यक्ष रामराज लामिछाने र ईकाइ सभापति उमा ठकुरीले सम्युक्त रुपमा पार्टीको झण्डा ओडाएर अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका थिए।

बुबा पृथबहादुर खवास र आमा कृष्णकुमारी खवासको कोखबाट वि.सं. २०२१ वैशाख ११ गते पोखरा ९ दरबारथोक टोलमा जन्मेका खवास केहि समयदेखि जण्डिस रोगले पिडित रहेको पारिवारिक श्रोतले वताए।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित