Home | About Us | Contact

विश्व संगित दिवस बुधबार विभिन्न कार्यक्रम गरी मनाईंदै

समाचारपाटी, असार, ४ पोखरा । जुन २१ (असार ७ गते ) अर्थात विश्व संगित दिवस । संगीतले मानव जीवनमा पार्ने सकारात्मक प्रभाव र यसको महत्व स्मरण गर्दै हरेक वर्ष जुन २१ तारिखका दिन विशेष सांगीतिक कार्यक्रम गरी संगीत दिवस मनाउने गरिन्छ ।

संगीत दिवसको शुरुवात सन् १९८२ मा फ्रान्सबाट भएको मानिन्छ । त्यसयता संगीत सिक्दै गरेका र व्यवसायिक संगीतकारलाई एकै ठाउँमा ल्याउन र संगीतलाई जनमानसमा फैलाउने उद्देश्यले विश्वका विभिन्न १ सय १० भन्दा बढी देशमा संगीत दिवसको औपचारीक कार्यक्रम हुँदै आएको छ ।

नेपालमा संगठीत र औपचारिक रुपमा संगीत दिवस मनाउन थालिएको धेरै भएको छैन । दिवसको अवसरमा गुरुकुल संगीत प्रशिक्षण केन्द्र, भक्ति संगीत प्रतिष्ठान नेपाल, तराना म्यूजिक सेन्टर पोखराको संयुक्त आयोजनामा र अन्य १४ वटा बाङमयिक संस्थाको सह–आयोजनामा उक्त कार्यक्रम पोखरा उधोग बाणिज्य संघको विशेष कार्यक्रम गर्दैछ । ४० जना कलाकारले विभिन्न प्रस्तुति दिने कार्यक्रममा सांगीतिक क्षेत्रका ४ जना व्यक्तित्वलाई सम्मान गरिंदै छ ।

संगीतको राजधानी भनेर चिनिने पोखरामा रहेका संगित केन्द्रहरुमा विश्व संगित दिवसका लागि सांगितिक माहोल छाएको देख्न पाईन्छ । उक्त अवसरमा अतिथि कलाकारहरुको समेत बिषेश प्रस्तुती रहने प्रतिष्ठानका अध्यक्ष नवराज बरालले बताए । उनका अनुसार कार्यक्रममा तीन जना श्रष्ठालाई सम्मान गरिने भएको छ । संगितकारबाट सुवर्ण बज्राचार्य, संगित संयोजकबाट अम्मर गुरुङ (पोखरेली) र नृत्यबाट रत्नदासलाई सम्मान गरिने भएको सेन्टरका निर्देशक श्रीमान थुलुङले बताए । नेपाली राष्ट्रिय संगितको दिगो विकासका लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा परम्परागत नेपाली मौलिक संगीतको पहिचान एवं प्रवद्र्घन गर्न प्रतिबद्ध रहेको संगीतकर्मीहरुले बताएका छन् ।

जोजिजू म्युजिक स्कुलले विगत ५ बर्ष देखी प्रदान गर्दै आएको संगित प्रोत्साहान पुरस्कार यसपटक गायिका रुवी गौलीलाई प्रदान गरिने भएको केन्द्रका निर्देशक तिर्थराज पोख्रेलले बताए । उक्त पुरस्कारको राशी ५ हजार ५ सय ५५ रुपैया साथमा दोसल्ला रहेको प्रेस संयोजक सन्तोस बस्यालले बताए । पोखरा उद्योग बाणिज्य संघको सभाहलमा करिब ३ घण्टा चल्ने कार्यक्रममा कलाकारहरुले शास्त्रिय संगित, नृत्य, गायन लगायतका प्रस्तुती राख्ने भएका छन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित