Home | About Us | Contact

एमनेष्टी इन्टरनेशनलको साधारण सभा

सन्दिप पौडेल, पोखरा, ४ असार । एम्नेष्टी इन्टरनेशनल वाराही युथ नेटवर्क पोखराको साधारणसभा सम्पन्न भएको छ ।

सभामा वोल्दै प्रमुख अतिथी एमनेष्टी इन्टरनेशनल पुनरावेदन कमिटीका अपिल सदस्य वसन्त सुवेदीले वाराही कमिटीले गरेको कामको प्रशंशा गर्दै अझ सल्लाह र सुझाव लिएर अगाडी वढ्नु पर्नेमा जोड दिनु भयो ।

सोही कार्यक्रममा विशिष्ठ अतिथी इन्टरनेशनलका युथ वोर्ड सदस्य विपिन वुढाथोकीले एम्नेष्टीको नियममा रही काम गर्न र आफ्नो पठनपाठन सँगै रोजगारमुखी वन्न सवैमा सुझाव दिनु भएको थियो ।

एम्नेष्टी इन्टरनेशनल वाराही युथ नेटवर्क पोखराका अध्यक्ष शुशान्त पौडेलको सभापतीत्वमा सम्पन्न कार्यक्रममा सञ्चालन मोसम थिनाल र मनोज आचार्यले गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित