Home | About Us | Contact

कृस्तीमा बस दुर्घटना, २२ जना घाइते

समाचारपाटी, पोखरा, ४ असार । पोखरा लेखनाथ महानगरपालिका वडा नं. २१ कृस्तिमा आइतबार बस दुर्घटना भएको छ । दुर्घटनामा २२ जना घाइते भएका छन् ।

स्याङ्जा टक्सारबाट पोखरा आउदै गरेको ना ४ ख ४१५७ नम्बरको यात्रुबाहक बस दुर्घटना भएको हो । अत्याधिक यात्रुको चापको कारण बस दुर्घटना भएको प्रारम्भीक अनुमान गरिएको छ ।

केहि घाइते सामान्य उपचारपछि घर फर्केको जनाइएको छ भने केहिको पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित