Home | About Us | Contact

अनलाईन सपिङ सोचेको डटकमको शाखा पोखरामा

समाचारपाटी, पोखरा, ४ असार । पछिल्लो समय अनलाईन सपिङको क्रेज नेपालमा पनि ह्वात्तै बढेको छ । त्यसैपछि अनलाईनबाट सपिङ गर्न सकिने वेवसाइटहरु धमाधम बनिरहेका छन् ।

यसैबीच विगत केहि समय देखि अनलाईन सपिङ साईट सेचेको डटकमले पनि लोकप्रियता कमाउदै आएको छ । यसबीच यसको शाखा कास्कीमा आइतबारबाट सुरु गरिएको छ ।

काठ्माण्डौमा मुख्य कार्यालय रहेको यस संस्थाका देशभर शाखाहरु रहेको प्रवन्ध निर्देशक शैलेश लोहनीले जानकारी दिनुभयो ।
सोचेको डटकममा इलेक्ट्रोनिक्स, मोबाईल, कम्प्युटर, ग्याजेटस्, एशोसरिज, गार्मेन्ट, किचनका सामाग्री, घरायसि बस्तुहरु, फिटनेसका समाग्री लगायत सबै किसिमका सामाग्रीहरु अनलाईनबाट खरिद गर्न सकिनेछ ।

सोचेको डटकमबाट खरिद गरिएका सामाग्री तपाईको घरमा नै डेलिभरी हुन्छन् र धेरै ठाउँमा क्यास अन डेलिभरी हुने पनि प्रवन्ध निर्देशक शैलेश लोहनीले बताउनुभयो । वेवसाइटमा सामान कस्तो किसिमको भन्ने बारेमा जानकारी भएकाले ग्राहाक ठगिने सम्भावना नहुने उहाँको भनाई रहेको छ ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित