Home | About Us | Contact

आन्तरीक राजश्व कार्यलय पोखरामा १ दिने कर सम्वन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

समाचारपाटी, पोखरा, ४ असार । आन्तरीक राजश्व कार्यलय पोखरामा १ दिने कर सम्वन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

रोट्याक्ट क्लव अफ पोखरा मिड टाउनको आयोजनामा भएको प्रशिक्षण कार्यक्रममा आन्तरीक राजश्व कार्यालय पोखराका प्रमुख लेखनाथ शर्माले करको बारेमा सबैले वुझ्नु पर्ने र बुझेको कुरा सबैलाई सिकाउनु पर्नेमा जोड दिनुभयो ।

सोही कार्याक्रममा रोटरी क्लव अफ पोखरा मिड टाउनका अध्यक्ष हेमराज बराल, आगामी वर्षका अध्यक्ष महेन्द्र गोदार लगाएतले कर प्रणालीका बारेमा आफुपनि बझ्ने र अरुलाई पनि बुझाउनु पर्ने बताउनुभयो ।

प्रशिक्षण कार्याक्रममा कर अधिकृत विजय प्रसाद लामिछानेले प्रशिक्षण दिनुभएको थियो । रोट्याक्ट क्लव अफ पोखरा मिड टाउनका अध्यक्ष नवराज आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन अनिल लामिछानेले गर्नुभएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित