Home | About Us | Contact

गर्भवतीलाई हिरासतमा राखेकोमा अधिकारकर्मीको आपत्ती, तत्काल रिहा गर्न माग

समाचारपाटी, पोखरा, ४ असार । कैलाश विकास बैंक ठगी काण्डमा ८ महिने गर्भवति महिलालाई हिरासतमा रहेको विषयमा जागृती आमा समुह लामाचौरले आपत्ती जनाएको छ ।

पोखरा लेखनाथ महानगरपालिका वडा नं. १९ लामाचौरकी रिगु आचार्य केसी ८ महिने गर्भवति रहेको भन्दै आमासमुहकी अध्यक्ष लिला श्रेष्ठले प्रश विज्ञप्ती निकालेर तत्काल रिहाईको माग गर्नुभएको छ ।

आमा समुहकी सदस्य समेत रहेकी केसीलाई नियन्त्रणमा लिएर अनुसन्धानको क्रममा भएका क्रियाकलापले आमा र पेटमा भएको बच्चा दुवैको स्वास्थ्यमा प्रतिकुल असर पर्ने जनाइएको छ ।

‘अनुसन्धानका नाममा कैलाश बैकको उजुरीका आधारमा रिगु आचार्य केसीलाई प्रहरी हिरासतमा राख्ने, मानसिक यातना दिने र आठ महिने गर्भवतीलाई मानविय संवेदनालाई समेत ख्याल नगरी असहज वातावरण बनाउने, पोखरा देखी बुटवल सम्म बयान लिने नाममा पटक पटक सडक बाटो प्रयोग गरि लैजाने ल्याउने गर्दा आमा र बच्चा दुवैको अवस्था कमजोर बन्दै गएको छ’, समुहद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।

समुहले यसप्रति गम्भिर आपत्ती जनाउदै यसबाट अर्को कुनै घटना भएमा बैंकका सञ्चालक समिति अध्यक्ष, कार्यकारी अधिकृत जिम्मेवार हुने आमा समुहले चेतावनी दिएको छ ।

बैकको लामाचौर शाखामा भएको भनिएको करोडौ रकम हिनामीनाको सम्बन्धमा अहिले प्रहरीले आचार्य लगायत बैकमा कार्यरत कर्मचारीहरुलाई हिरासतमा लिई अनुसन्धान गरिरहेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित