Home | About Us | Contact

लमजुङ्ग– पोखरा जोड्ने बैकल्पीक सडक बनाउन जोड्दिन्छौ -जनप्रतिनिधि

ओएस नेपाल, पोखरा, ४ असार । स्थानिय तहको पहिलो चरणको र्निबाचन सम्पन्न भएका जिल्ला र त्यहाँका बाशिन्दाहरुले आफुले चुनेर पठाएका प्रतिनिधिहरुबाट धेरै नै अपेक्षा गर्न थालेका छन । संबिधान जारी पछि पहिलो पटक अधिकार सम्पन्न स्थानियह तह र्निमाण गरेर भएको स्थानिय र्निबाचन पछि शहर मात्र होईन ग्रामिण भेगका स्थानिय तहहरुमा पनि मानिसहरुको चासो बढेको छ ।

सरकारले हालै जारी गरेको बजेटमा पनि स्थानिय तहलाई लोभ नगरी बजेट बिनियोजन गरेपछि मानिसहरु अब बिकास हुने भन्दै सोही संबन्धी चर्चा र छलफल समेत गर्न थालेका छन । लमजुङ्ग जिल्लाबाट स्थानिय निकायमा र्निबाचित जनप्रतिनिधिहरुले पनि जिल्लाको बिकासका लागि साझा अबधारणा बनाउने बताएका छन । पोखरामा लमजुङ्ग – पोखरा सम्पर्क समितिले आयोजना गरेको लमजुङ्गबाट र्निबाचित जनप्रतिनिधिहरुलाई सम्मान तथा बधाई ज्ञापन कार्यक्रममा उपस्थित भएका लमजुङ्गका सबै गाऊ पालिका र नगरपालिकाका प्रमुख र उप प्रमुखहरुले पोखरा र लमजुङ्ग जोड्ने बैकल्पीक मार्गका रुपमा रहेका हुलाकी राजमार्गलाई छिट्टै अगाडी बढाउने बताए ।

पोखरा बाट बेगनासताल हुदै करापुटार, राईनाटारको लागि र्निमाणको क्रममा भएको उक्त सडकखण्डलाई स्थानिय निकायहरुको साझा अबधारणामा अगाडी बढाउने उनिहरुले बताए । अहिले र्निमाण्ले गति लिन नसकेको उक्त सडकखण्डको स्तर उन्नती गर्न आबस्यक छ । पोखरालाई लमजुङ्ग संग सिधा जोड्ने हो भने उक्त क्षेत्रमा कृषि र पर्यटनको प्रचुर संभावना भएको उनिहरुको भनाई थियो ।

एउटै थलोमा उभिएर लमजुङ्गका सबै तहका प्रमुख र उपप्रमुखले प्रतिबद्धता जनाएपछि लमजुङ्गबासीहरुले खुशि ब्यक्त गरेका छन । कार्यक्रममा लमजुङ्ग – पोखरा सम्पर्क समीतीका अध्यक्ष दिपक घिमिरेले जिल्ला बाहिर बसेर पनि जिल्लाको बिकासको लागि के गर्न सकीन्छ भन्ने बिषयमा बिभिन्न कार्यक्रमहरु गरिरहेको स्मरण गराए । आफ्नो थलोको प्रबद्धन गर्न अन्य कार्यक्रमहरु पनि गरिरहने उनको भनाई थियो ।

पत्रकार तथा सम्पर्क समीतीका सदस्य माधब पनेरुको संयोजनमा आयोजना गरिएको सम्मान तथा बधाई कार्यक्रममा समीतीका सल्लाहकार तथा अधिबक्त भुपनिधि पन्तले चरी उडेर जति बेग हाने पनि साझ आफ्नै गुडमा फर्के जस्तै बिस्भरी छरिएका दाजुभाईहरु आफ्नो माटोलाई बिर्सन नसक्ने अबस्थामा रहेको बताए । अब बिकासका लागि बाद भन्दा माथि उठेर काम गर्न उनले जनप्रतिनिधिहरुलाइ सुझाव दिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित