Home | About Us | Contact

पोखरा लेखनाथ १२ को मत गणना सकियो, अध्यक्षमा कांग्रेस उम्मेदवार राम बहादुर कार्की बिजयी

पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर  १२ मा पनि नेपाली काग्रेसले जितेको छ । अध्यक्षमा रामबहादुर कार्की १०४६ मतका साथ् बिजयी भएका छन् । उनका निकटतम प्रतिद्धन्दी एमालेका ऋषिराम लामिछानेले ८२९ मत ल्याएका छन् ।

महिला सदस्यमा १०१४ मत सहित कांग्रेसकी सीतादेवी वास्तोला निर्वाचित भइन् । दलित महिला सदस्यमा एमालेको तर्फबाट उम्मेदवार विष्णु विश्वकर्मा निर्वाचित भइन् ।  खुल्ला सदस्यमा एमालेका उम्मेदवार निर्मल बहादुर थापा १०९५ र देशभक्त केसी १०६० मत सहित निर्वाचित भए ।

वडा अध्यक्ष
काग्रेस- १०४६

एमाले – ८२९

मेयर

काग्रेस- १४४४५

एमाले- १५१२१

उप मेयर

काग्रेस-१३४४२
एमाले- १४१४३

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित